Wednesday, August 15, 2012

दलालमार्फत विदेश गएर अलपत्र परे उद्धार नगरिने

३१ साउन, काठमाण्डौं । सरकारले दलालमार्फत लाखौँ रुपैयाँ खर्च गरेर अवैध रुपमा अमेरिका, युरोपलगायतकामुलुकमा जाने कुनै पनि नागरिक अलपत्र परेमा उद्धार नगर्ने कठोर निर्णय गरेको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकक्षमा मंगलबार भएको उच्चस्तरीय बैंठकले यस्तो निर्णय गरेको हो । बैठकमा श्रम, गृह र अर्थ मन्त्रालयका अधिकारीको पनि उपस्थिति रहेको आजको अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ ।
केही नेपाली दक्षिण अमेरिका मुलुकमा पक्राउ परेको र एक हजारभन्दा बढी नेपाली त्यसआसपासमा क्षेत्रमा अलपत्र रहेको खबर सार्वजनिक भएपनि उनीहरुलाई के गर्ने भन्ने विषयमा निर्णय लिन बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
दक्षिण अमेरिकी मुलुक कोस्टारिकामा सात नेपाली गत आईतबार पक्राउ परेको जानकारीपरराष्ट्रमन्त्रालयमा आएपनि त्यहाँ कति नेपाली छन् भन्नेमा मन्त्रालय अझै बेखबररहेको छ ।
उनीहरुले २० देखि २५ लाख रुपैयाँसम्म दलाललाई बुझाएर हिँडेकाले सरकारले आफ्नो रकमखर्च गरेर फिर्ता ल्याउन नसक्ने निर्णय गरेको मन्त्रालयका प्रबक्ता अजुर्न कुमार थापाले बताएका छन् । थापाले भने-’पढेलेखेका रसम्पन्न व्यक्तिले यस्तो बाटो रोजेका कारण सरकारले अरब मुलुक जानेहरुलाई जस्तै सहयोग गरेर फिर्ता ल्याउन पहल गर्दैन ।’ ‘यसको अर्थ राज्यजनताप्रति उत्तरदायी नहुने होईन, लाखौ खर्च गरेर आफ्नै विवेक लगाएर गएकालाई उद्धार गर्न हिडे सरकारको ढुकुटी नै रित्तिन्छ,’ उनले भने ।

1 comment:

  1. sarkarle ramro nirnaya gareko ho.. But ti dalal harulai khojera karbahi chahi garnu par6 sarkarle...

    ReplyDelete