Tuesday, August 14, 2012

पूर्वमन्त्री खुमबहादुर भ्रष्टाचारी ठहर,डेढ वर्ष जेल सजाय

३० साउन, काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष जेल सजाय र १ करोड ८९ लाख ४८ हजार विगो तथा जरिवानाको फैसला सुनाएको छ ।
न्यायाधीश कल्याण श्रेष्ठ र बैद्यनाथ उपाध्यायको इजलासले खड्काले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय २२ रूपैयाँ विगो तथा त्यति नै जरिवानाको फैसला सुनाएको हो ।
प्रजातन्त्र पुनःस्थापनापछि ८ पटकमन्त्री भएका खड्काले पदको दुरुपयोग गरी २ करोड ३६ लाख ८७ हजार ६ सय २४ रुपैयाँ २४ पैसा भ्रष्टाचार गरेको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको थियो । । सार्वजनिक पदमा प्रवेश गरेपछि हटेसम्मको अबधिमाखड्काको २ करोड ७५ लाख ९८ हजार २ सय ६४ सम्पत्ति रहेकामा ३९ लाख १० हजार ६ सय ३९ रुपैयाँ ८१ पैसा सम्पत्तिको मात्र स्रोत खुलेको अख्तियारको दावीछ । खड्काकी पन्ती शिला र छोरी पुनमको नाममा समेत स्रोत नखुलेको सम्पत्ति राखेको भन्दै अख्तियारले उनीहरुलाई पनि मतियार बनाएको थियो ।
तर, विशेषका तत्कालिन अध्यक्ष भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले२०६३ साल कार्तिक २९ मा खड्कालाई सफाइ दिएको थियो । विशेषको फैसलाविरुद्ध अख्तियारले सोही वर्ष चैत १५ मा पुनरावलोकन दिएको थियो । त्यसको चार वर्षपछि सर्वोच्चले विशेषको फैसलामा गम्भीर त्रुटी देखिएको भन्दै खड्कालाई अदालतमा झिकाएकोथियो ।
विशेषले सफाइ दिएका पूर्वमन्त्री चिरञ्जिवी वाग्ले, तत्कालीन संचारमन्त्री जयप्रकाश प्रसादगुप्ता लगायतलाई सर्वोच्चले भ्रष्टाचारी ठहर गर्दै जेल पठाइसकेको छ ।
खड्काका समर्थकद्धारा प्रदर्शन
यसैबीच कांग्रेसका कार्यकर्ताले खड्काको पक्षमा प्रदर्शन गरेका छन् । उनीहरुले सरकारले खड्कालाई फसाएको भन्दै सर्वोच्च अगाडी प्रदर्शनगरेका हुन् । उनीहरुले यातायात आवागमन समेत अबरुद्ध पारेका छन् । उनीहरूले माइतिघरमा ना १ झ ६२७ नम्बरको प्रहरी भ्यान र बा १ ज ७६४९ नम्बरको ट्याक्सीमा तोडफोड गरेका छन् । अहिले सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । खड्काको मुद्दा फैसलालाई प्रभावित बनाउन दाङ, नवलपरासी लगायतका ठाउँबाट कांग्रेस कार्यकर्ता राजधानी ओइरिएका छन् ।
खड्काको पक्षमा भन्दा विपक्षमै फैसला आउने झण्डै पक्कादेपिख नै बिरोध प्रदर्शनको लागि उनीहरु बिहानैदेखि तम्तयार भएर बसेका थिए । प्रहरीले सर्वोच्च अदालतको आसपासमा जम्मा हुन नदिएपछि खड्काका समर्थक माइतीघर, अनामनगर लगायतका क्षेत्रमा छन् । केहीको हातमा कांग्रेसको चारतारे र नेविसंघको कलम मसाल अंकित झण्डा छ । यसअघि भ्रष्टाचारको आरोप लागेका नेताभन्दा बढी शक्तिशाली नेता भएका कारण खुमबहादुरको पक्षमा उनका समर्थक यसरी उर्लिएका हुन् ।

No comments:

Post a Comment