Tuesday, August 14, 2012

सिंहदरबार आसपासमा खड्काको डर

३० साउन, काठमाडौं । राजधानीको सिंहदरबार वरपर क्षेत्रमा मंगलबार बिहानैदेखि सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । सर्वोच्च अदालत परिसर, बाहिरको गेट, फूटपाथ र आसपासका चोकमा प्रहरीको बाक्लो उपस्थिति छ । पैदलयात्रीलाई सोधखोज गरेर मात्र हिंड्न दिइएको छ । सर्वोच्च अदालतपट्टकिो फूटपाथमा त पैदलयात्रीलाई हिँड्न पनि दिइएको छैन । अदालतभित्र वकिल र पत्रकारलाई समेत उभिन दिइएकोछैन । जताततै प्रहरी मात्रै उभिएका छन् । माइतीघरचोक, सिंहदरबार पश्चिमढोका र दक्षिणढोका क्षेत्रमा पनि उत्तिकै कडाई छ । प्रहरीले सजिलोसँग हिँड्न नदिएकोमा पैदलयात्री आक्रोशित छन् ।
‘हैन आज किन यसरी रोकिएको ?’ ‘हामी आफ्नो बाटो पनि हिँड्न नपाउने ?’ ‘आज के हो र यस्तो कडाई ?’ ‘आज खुमबहादुरको सुनावाई रे ?’ ‘उसको सुनुवाई भए हामीलाई किन छेक्ने त ?’ ‘कांग्रेस कार्यकर्ताले प्रदर्शन गर्दैछन् रे खुमबहादुरको समर्थनमा, त्यसैले कडाई गरेको रे ?’ ‘भ्रष्टाचारीलाई कार्वाही गर्दा के को बिरोध प्रदर्शन नि ?’ ‘खुमबहादुरको आशीर्वाद पाएकाले नूनको सोझो पनि गर्नुपर्यो नि’ ‘खुमबहादुरले गर्दा हामीले पो दुःख पायौं ।’
सिंहदरबार आसपास क्षेत्रमा हिँडडूल गर्ने पैदलयात्रीबीच यस्तै संवाद रटीकाटिप्पणी भैरहेको छ । प्रहरीले सहज ढंगले हिँडडूल गर्न रोक लगाएपछि सिंहदरबार आसपास भएर हिँडडूल गर्ने र यात्रा गर्नेले बिहानैदेखि दुःख पाएका छन् । लामो समय जाममा बस्नुपर्दा सबैलाई हैरानी भएको छ । सर्वोच्च अदालतले मंगलबार पूर्व मन्त्री एवं कांग्रेस नेता खुमबहादुर खड्काको भ्रष्टाचार सम्बन्धी मुद्दाको फैसला गर्न लागेपछिउनका समर्थक बिरोध प्रदर्शन गर्न सर्वोच्च परिसरमै पुग्ने बल गरेका छन् । खड्काका समर्थकले प्रदर्शन गर्नसक्ने डरले प्रहरीले यसरी सुरक्षाव्यवस्था कडा बनाईएको हो ।
खड्काका दलबल झण्डा बोकेर तयार
खड्काको मुद्दा फैसलालाई प्रभावित बनाउन दाङ, नवलपरासी लगायतका ठाउँबाट कांग्रेस कार्यकर्ता राजधानी ओइरिएका छन् । खड्काको पक्षमा भन्दा विपक्षमै फैसला आउने झण्डै पक्का जस्तो भएकाले बिरोध प्रदर्शनको लागि उनीहरु बिहानैदेखि तम्तयार भएर बसेका छन् । प्रहरीले सर्वोच्च अदालतको आसपासमा जम्मा हुन नदिएपछि खड्काका समर्थक माइतीघर, अनामनगर लगायतका क्षेत्रमा छन् । केहीको हातमा कांग्रेसको चारतारे र नेविसंघको कलम मसाल अंकित झण्डा छ ।
यसअघि भ्रष्टाचारको आरोप लागेका नेताभन्दा बढी शक्तिशाली नेता भएका कारण खुमबहादुरको पक्षमा उनका समर्थक यसरी उर्लिएका हुन् । सर्वोच्चको फैसला कस्तो आउँछर खड्काका कार्यकर्ताले के गर्छन् भन्ने कुरा थाहा पाउन चाहिं केही घण्टा पर्खनुपर्छ।

No comments:

Post a Comment