Friday, August 17, 2012

युवासंघको बन्दले चितवनको जनजीवन प्रभावित,यात्रुहरुलाई सास्ती

१ भदौ, चितवन । नेकपा एमालेका भातृ संगठन युवा संघ र अनेरास्ववियु चितवनले आहृवान गरेको जिल्ला बन्दका कारण चितवनको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण कुनैपनि सवारी साधन संचालनमा आउन सकेका छैनन भने बजार, कलकारखाना, शिक्षण संस्था पनि प्रभावित ठप्प बनेका छन् । बन्दकर्ताहरु नारायणगढको पुल्चोक, आँपटारी, पूर्वी चितवनको टाँडी, पर्सा जम्मा भई बन्द गराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यसैबीच आज परेको कुशे औंशको दिन बुबाको मुख हेर्न जानेसर्वसाधरणहरु बन्दका कारण प्रत्यक्ष मारमापरेको छन् । बन्दका कारण सर्वसाधरणहरु हिडेरै गन्तव्य तर्फ जान बाध्य भएका छन् ।
बिहीबार विहान प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कालो झण्डा देखाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै मध्यान्हबाट गरिएको बन्दका क्रममा प्रहरी र युवा संघका कार्यकर्ताबीच झडप भएपछि आज विहान ७ बजेबाट जिल्ला बन्दको आहृवान गरिएको युवासंघ चितवनले जनाएको छ ।

No comments:

Post a Comment