Tuesday, August 21, 2012

फेसबुक कि ‘अपराध बुक’ ?

कतिपय देशमा प्रतिबन्धित भए पनि नेपालमा फेसबुकको लोकपि्रयता बढ्दो छ । कतिपयका लागि इन्टरनेट र फेसबुक पर्यावाचीसमेत बनिसकेको छ । हरेक बस्तु तथा सेवाका राम्रा/नराम्रा दुवै पक्ष छन् । इन्टरनेटको नराम्रो पक्ष भनेकै यसबाट सिर्जना हुने अपराध हो, जसलाई हामी “साइबर अवराध” भन्छौं । इन्टरनेटमार्फत चल्ने सामाजिक सञ्जाल फेसबुक पनि साइबर अपराधबाट अछुतो छैन् । सामान्य ब्यक्तिदेखि उच्च ओहोदाका ब्यक्तिसम्म फेसबुक दुरुपयोगले पीडित र हैरान बनेका छन् ।
फेसबुकमा १५ लाख ४५ हजार नेपाली आवद्ध रहेका छन् ।यसमार्फत गाली बेइजती, यौन दुव्र्यवहार हुनुका साथै ज्यानै गएका उदारहण पनि धेरै छन् । बेला बखत प्रहरी र अदालतको ढोका समेत चाहार्नु परेको छ । तथापि प्रयोगकर्ता स्वयंलाई थाहा हुदैंन कि आफुले साइबर अपराध गर्दै छु भनेर । अश्लील एस.एम.एस, भिडियो तथा तस्वीर साथीको नामबाट पोष्ट गरिदिने, लिंक वालमा पठाइदिने जस्ता अपराध फेसबुकमार्फत भएको पाइन्छ । यस्ता अपराध बढी महिलाबिरुद्ध लक्षित देखिन्छन् ।
अर्को तर्फ राजनेता, अभिनेता, अभिनेत्री एवम् सार्वजनिक पहिचानका मानिसका तस्वीर बिगारेर वालमा राख्ने गरिएको पाइन्छ । गत जेठ १४ गते मध्य राति संबिधान सभाको अन्त्य भएपछि नेपाली राजनिती त्यसमा संलग्न पात्रहरुलाई गालीगलौजको भाषाले फेसबुक वाल भरिएको थियो । यी र यस्ता घटना पनि साइबर अपराध भित्र पर्दछन् । तर, यसलाई मनोरञ्जनको रुपमा लिई यस्ता अपराधजन्य गतिबिधि एकआपसमा सेयरि· र प्रतिक्रिया गर्दै जाने प्रचलन बढ्दो छ । सार्वजनिक नैतिकता र शिष्टाचार बिरुद्धका सामाग्री पनि सार्वजनिक हुने गरेको पाइन्छ । यसले समाजमा बिकृति-बिस·गति फैलाउँनुका साथै आपराधिक गतिबिधिसमेत बढाउने गरेको छ । त्यसैले बेलाबखत फेसबुक बन्द गराउनु पर्ने आवाज उठ्ने गरेको पाइन्छ । फेसबुकबाट हुने अपराधको शिकार पुरुष भन्दा महिला बढी हुने गरेका छन् । महिलामा हुने लाज र सामाजिक डरका कारण पनि अपराधले प्रोत्साहन पाउँदै गउको छ । कतिको गृहस्थी जीवन पनि बिगि्रएको छ, लोग्नेस्वास्नी बिचको समधुर सम्बन्धमा फाटो आएको छ ।
पछिल्लो समयमा कलाकारहरुलाई फेसबुकबाट निकै दुःख दिने क्रम बढेको छ । फेसबुकले गर्दा नेपाली सिने जगतका कलाकारहरु प्रहरी समक्ष पुग्न थालेका छन भने एकले अर्कालाई प्रहरी समक्ष पुर्‍याउन पनि बाँकी राखेका छैनन् । सर्वसाधरणदेखि कलाकर्मी तथा बिशिष्ट ब्यक्तिहरुलाई समेत दुःख दिइरहेको छ सामाजिक सञ्जाल फेसबुकले । कतिका घरबहार बिहिन बनायो, कतिको जीवन नै बवार्द बनायो, कतिलाई दुष्मन बनायो भने फेसबुकले कतिलाई आत्महत्या समेत गर्न बाध्य बनायो । यस्तै यस्तै बिकृती बढ्दो छ सामाजिक सञ्जाल फेसबुकमा अहिले ।
यस्तो बिकृती बढ्दा समेत यसमा कडाई गर्ने नेपाल सरकार मौन देखिन्छ । नेपाल सरकारका केही उच्च आहोदाका कर्मचारीहरु/राजनितीक दलका नेताहरु/नेपाल सरकारका मन्त्रीहरु पनि फेसबुकमा नियमित झुम्मिएको पाइन्छ भने कतिका फेसबुक आइडीहरु अरुले नै खोली प्रयोग गरिरहेको पाइन्छ, जुन नामको फेसबुक आइडी कहाँबाट कस्ले चलाएको छ त्यही मान्छेलाई थाहा हुँदैन ।
राजनितीक दलहरुका नेताहरुलाई सामाजिक सञ्जाल फेसबुक मार्फत बिभिन्न किसीमले झटारो हान्ने क्रम जारी छ । जेठ १४ मा संबिधान सभाको अवशान भएपश्चात दलका नेताहरुको बिभिन्न किसीमका तस्बिरहरु बनाई फेसबुक मार्फत सार्वजनिक गर्ने कार्य अहिले हृवातै बढेको छ जो तपाई हाम्रा फेसबुक वालमा पनि देख्न सक्छौं । यस्तो बिकृतीका साथ नेपालमा प्रमुख सामाजिक सञ्जाल फेसबुक कहिले सम्म बाचिरहने हो त्यो भने हेर्न बाकी छ ।
आफ्नै सर्कल बनाएर फेसबुक र ट्वीटरलगायत सामाजिक सञ्जालमा रमाउने नेपालीको संख्या दिनहुबढ्दो क्रममा रहेको छ । संख्यासँगै बढ्दै छन्, सामाजिक सञ्जालका जटिलताहरु । अपराधी र परपीडकहरुले प्रविधीको यो बरदानलाई दुरुपयोग गरिरहेका छन् । बालबालिकाबाट हुने प्रयोग र अपराधलाई कुन कानुनी आधारले हेर्ने ? साइबर क्याफे, घर, कार्यालय, मोवाइल जुनसुकै स्थानबाट पनि इन्टरनेट चलाउन सकिने अवस्थालाई कसरी हेर्ने ? ब्यक्तिको स्वीकृत र जानकारी बेगर नक्कली प्रोफाइल बनाउने र अश्लील बनाई चरित्र हत्या गर्ने अनुसन्धानले देखाएको पाइन्छ । यी सबै किसीमको अपराधलाई कुन-कुन कानुनी आधारमा राखेर हेर्ने भन्ने प्रश्न चिन्हले थप चुनौती बढाएको छ ।
नेपालमा साइबर अपराध न्युनकिरणका लागि आवश्यक पहल भइरहेको छ । केही अपराधमा कानुनी कारबाही नभएको पनि होइन । तथापि बिद्यमान प्रयास पर्याप्त देखिदैन । नियम, कानुन तथा कार्यान्वयनको पक्ष कमजोर देखिन्छ । साइबर क्याफे वा सुचना केन्द्रमा आउने प्रयोगकर्ताको लगबुक राख्ने ब्यवस्था मिलाउँन गृह मन्त्रालयलेक्याफे तथा सुचना केन्द्र सञ्चालकलाई निर्देशन दिएको थियो । जसअन्तर्गत प्रयोगकर्ताले आफ्नो नागरिकता, बिद्यार्थी परिचय पत्र वा चालक अनुमति पत्र सञ्चालकलाई देखाएर मात्र सेवा प्रयोग गर्न पाउने र लगबुक राख्नु पर्ने निती लागु गरिएको थियो । तर, यो कडाईका साथ कार्यान्वयनमा आउन सकेन ।
दुरसञ्चार प्राधिकरणले पनि सेवा प्रदायकलाई लगबुक राख्न निर्देशन दिएको थियो । तर, ब्यवहारमा कतिको प्रयोगमा आयो हाम्रा सामु छर्ल·ै छ । कडाईकासाथ नियमन र कार्यान्वयन नहुँदा साइबर अपराध नेपालमा बढ्दै गइरहेको छ । यसै तथ्यलाई मध्यनजर राखेर हालै मात्र सर्वसाधारणलाई बिद्युतिय कारोवार ऐन बिपरीतका क्रियाकलाप नर्गन गृह मन्त्रालयले विज्ञप्ती जारी गरेको छ । फेसबुक प्रयोगकर्ता शिक्षित वर्ग भित्रै पर्ने हुनाले यसप्रति सचेत हुने र प्रचलित कानुनको पालना गर्ने कुरामा आशा गर्न सकिन्छ । सरकारी एवम् गैरसरकारी चेतना, प्रयोगकर्ताको सावधानी बढ्दै जाने हो भने आगामी दिनमा यस्ता अपराध निर्मुल हुन सक्छ । अर्को तर्फ फेसबुक प्रयोगकर्ता स्वयम् जागरुक नभए पाएको सुविधा त गुम्छ नै अनाहकमा कानुनी अड्चन झेल्नुपर्ने हुन सकछ । फेसबुक रमाइलो, उपयोगी र सजिलो भए पनि त्यसको दुरुपयोग गरेमा त्यतिकै डरलाग्दो पनि छ । फेसबुकमा राखिने तस्बिर, सुचना आदि अपराधिक प्रवृतिका भएमा समाजका लागि घातक हुनुका साथै प्रयोगकर्ता स्वयम् कानुनी फन्दामा पर्ने हुनाले आजैदेखि सचेत भई फेसबुक तथा सामाजिक सञ्जालहरुको सदुपयोग गरौं ।
बिभिन्न सामाजिक सञ्जालमा परेका समस्यालाई लिएरप्रहरी सामु हार गुहार माग्ने पनि धेरै छन् । प्रहरी प्रशासन पनि आजित भईसकेको अवस्थामा कतिलाई त “हामीले केही गर्न सक्दैनौं” भनेर फर्काइएको अवस्थामा, आफ्नै वेबसाइट हृयाक हुदाँ त थाहा नपाउँने प्रहरीले के नै गर्न सक्थ्यो र ? प्रबिधिको प्रयोगसंगै फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल मार्फत अपराध गर्नेको संख्या बढ्दो छ । त्यसो त फेसबुक चलाउँने नेपालीहरुको स्ट्याटस र प्रतिक्रियाको सुक्ष्म बिष्लेषण गर्ने हो भने अधिकांशले बिद्युतीय कारोवार ऐनअनुसार सजायको भागिदार बन्नुपर्ने सम्भावना रहन्छ ।
त्यसैले, प्रचलित ऐनकानुन र सामाजिक मर्यादाको परिधी भित्र रहेर मात्र फेसबुक तथा सामाजिक सञ्जालहरुको प्रयोग गरौं । सम्भावित बिद्युतीय कारोवार ऐनअनुसार सजायको भागिदारबाट बचौं ।

No comments:

Post a Comment