Friday, August 31, 2012

राजकुमारहरुले सपनामा धेरै जिस्काउँछन्

चलचित्र 'दुलही रानी'बाट नेपाली सिनेमा क्षेत्रमा भित्रिएकी नायिका हुन्,
सविना कार्की । त्यसपछि एटिएम र द फेमसमा अभिनय गरिसकेकी छिन् कार्कीले ।
एटीएमका अश्लिल दृष्य र सम्बादमार्फत बिबादमा आएकी नायिका कार्कीस
अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी ।
चलचित्रमा आउनुको कारण ?
सानैदेखिको चाहना ।
रहर हो की वाध्यता हो सिनेमा क्षेत्र ?
मेरा लागि चाहिं रहर ।
चलचित्रमा नआएको भए के हुन्थ्यो ?
म आर्मी पेसामा हुन्थें । किनकी मेरो परिवार नै आर्मीमा छ ।
कत्तिको गाह्रो रहेछ सिनेमा क्षेत्रमा आउन ?
यहा फाइदा लुट्नेहरु धेरै नै छन् । त्यसैले प्रतिभा भएर पनि आउन गाह्रो छ ।
नव नायिकाहरुले काम पाउन निर्माता निर्देशकको बेड तताउनुपर्छ रे ?
मैले फाइदा लुट्न खोज्ने भनेर यसैतर्फ ईङ्गित गर्न खोजेको हो । तर, मलाई
भने त्यस्तो परेन ।
सपना कत्तिको देख्नुहुन्छ ?
म एक मिनेट निदाए भने पनि सपना देख्छु ।
सपनामा के-के देख्नुहुन्छ ?
सुपरस्टार भएको देख्छु ।
सपनामा सेक्स गरेको कत्तिको देखिन्छ ?
सेक्स गरेको त देखेकी छैन । तर, चुम्बन गरेको भने धेरैपटक देखेकी छु ।
किस गरेको सपना देखेपछि बिहान उठ्दा कस्तो हुन्छ?
मैले कस्तो सपना देखेछु भनेर एकछिन रोमान्चित हुन्छु । तर, यस्तो सपना
देखेपछि विहान उठ्दा म सधै सिरानी च्यापिरहेको हुन्छु ।
एटीएम सिनेमाबाट त खुवै बिबादमा आउनुभयो नी ?
मैले सिनेमामा त्यस्तो दृश्य दिएकी छैन । एउटा संवाद मात्र अलिकती अश्लिल
हो । तर बोरमा एउटा आलुकुहिंदा सवै कुहिन्छ भनेजस्तै भयो मेरो लागि ।
अनि नायक दिनेश थापाको पाईन्टको जिफरमा हातले समातेको अश्लिल थिएन र ?
बास्तवमा भन्ने हो भने त्यो दृश्यमा मैले उसको सटको वटममा समातेको छु ।
तर, क्यामेरामा जिफरमा समातेको देखिन्छ । अर्कोतिर मैले आईसक्रिम खाएको
दृश्य पनि आलोचित भयो । रियल लाईफमा सधै आईसक्रिम नै खान्छु ।
कस्तो युवकले आकर्षण गर्छ ?
स्मार्ट, मनको सफा, हेर्दा पनि ह्यान्डस, लामो कपाल भएको केटाले आकर्षण गर्छ ।
यस्ता युवकहरु कत्तिको आउँछन् सपनामा ?
आउने नै त्यस्ता युवकहरु नै हुन् । जसले मलाई सपनामा धेरै नै जिस्काउँछन्
। उनीहरुसँग धेरैपटक किस गरेकी छु ।
नेपालमा कुन सेलीव्रेटीले आकर्षण गर्छ ?
मलाई नायक राज घिमिरे र जीवन लुइटेलले खुवै आकर्षण गर्छन् ।
कुन सेलीव्रेटीसँग चुम्बन गर्न मन छ ?
साहिद कपुर, उसको ओठ नै साह्रै सेक्सी लाग्छ ।
कुन सेलीव्रेटीलाई देख्दा सेक्सको चाहना उत्पन्न हुन्छ ?
त्यस्तो त कोही पनि छैन । सेक्सलाई मैले विहेपछि साँचेर राखेकी छु ।
कस्तो बनिबनाउ जवाफ दिनुभएको ?
म सत्य बोल्दै छु । म आजसम्म भर्जिन नै छु ।
अव कस्तो सिनेमा खेल्न मन छ ?
अब मलाई बोक्सीको आरोप लागेको महिला र पागलको भुमिका गर्न मन छ ।
आफ्नो कुन अंग एकदमै सेक्सी लाग्छ ?
ओठ एकदमै सेक्सी र कामुक लाग्छ । केटाहरुले पनि मेरो ओठ सेक्सी छ भन्छन्
। म ऐनामा मेरो ओठ २४ घन्टामा २५ पटक हेर्छु ।
आफ्नो नाङ्गो शरीर हेर्दा कस्तो लाग्छ ?
मलाई मेरो फिगर खुवै सेक्सी लाग्छ । मैले शरीर त पाएको नै हो भनेर मख्ख पर्छु आफै ।
पहिलो प्रेम याद छ ?
९ कक्षामा पढ्दा एउटा केटाले प्रस्ताव गरेको थियो । भ्यालेनटाईनमा मलाई
चिठ्ठी पठाएको थियो । तर मेल अस्विकार गरिदिएँ । यसपछि हाम्रो वोलचाल नै
वन्द भयो । यसपछि प्रेम भएन ।
सिनेमामा कत्तिसम्मको सिन दिन सक्छु भन्ने लाग्छ ?
हुनत म वेड सिन पनि दिन तयार छु । तर, वेड सिनलाई कसरी प्रस्तुत गर्ने
भन्ने एउटा मेकरको हातमा छ । म एउटा कलाकार हुँ, भुमिका आए गर्न तयार छु

कथाले माग्यो भने कत्तिसम्म दिने ?
मलाई टु पिससम्म दिन कुनै आपत्ति छैन ।
कहिलेसम्म सिनेमा खेलिरहने ?
मेरो नशा नशामा कलाकारिता छ । म सधै सिनेमा खेलिरहन चाहान्छु ।
एटीएमकी नायिका जिया के.सी र तपाई विचको लफडा के हो ?
मलाई ए.टी.एम सिनेमामा लिएर जाने नै जिया के.सी हो ।तर अहिले हाम्रो
वोलचाल नै छैन । एटिएमको एक दृश्यमा जियाले मलाई खुट्टामा कुल्चनु पर्ने
दृश्य थियो । तर, उसले मलाई निक्कै दुख्ने गरि नै कुल्चीदिई । यसपछि
हाम्रो झगडा सुरु भएको हो ।

No comments:

Post a Comment