Wednesday, October 31, 2012

अफगानिस्तानमा दुई नेपालीको हत्या

१५ कात्तिक, काठमाण्डौं । बेलायती गोर्खा सैनिकमा आवद्ध दुई नेपालीको
अफगानिस्तानमा हत्या भएको छ । उनीहरु बेलायती सेनाको रोयल गोर्खा
राइफल्समा कार्यरत रहेका थिए ।
द रोयल गोर्खा राइफल्सको फस्र्ट बटालियनका कार्यरत उनीहरुलाई
अफगानिस्तानको हेल्मन्ड प्रान्तको नहर-ए-सराजमा हत्या गरिएको अवस्थामा
फेला पारिएको छ । दुवै जनालाई अफगानी प्रहरीको बर्दी लगाएका एक व्यक्तिले
गोली हानेर हत्या गरेको बताईएको छ ।
मृतकका परिवारलाई खबर गरेपनि उनीहरुको नाम भने अहिलेसम्म सार्वजनिक गर्न
बाँकी रहेको बेलायती गोर्खा सैनिकले जनाएकोछ ।
source OnlineKhabar.com

No comments:

Post a Comment