Friday, October 12, 2012

होटलमा खुलम-खुला यौन धन्दा

२६ असार,जनकपुर। जनकपुरमा होटल तथा लजमा खुलम खुला यौन धन्दा फस्टाएपछि
स्थानियहरु चिन्तित बनेका छन्।जनकपुरको पुरानो बसपार्कलगायत विभिन्न
चोकमा रहेका होटेल तथा लजमा खुले आम गरिन यौन धन्दाको सुरक्षा कर्मीनै
ग्राहक बनेपछि कारवाही हुन नसकेको नागरिक समाजले आरोप लगाएको छ।
कलेज पढ्ने युवतीहरु नै यौन धन्दामा लागेको देखिएकोछ भने अन्य
युवायुवतीहरु प्रेमको नाममा शारीरिक सम्वन्ध राख्न होटल तथा लज धाउने
क्रम सामान्य भइसकेको छ।
त्यसैगिर जनकपुरमा अश्लिल भीडियो समेत बिगबिगी रहेको छ। कलेजकै युवायुवती
पनि अश्लिल भीडियोमा देखिन थालेपछि अभिभावकहरुको सातो गएको छ।
कतिपय मानिसले भने प्रहरीकै मिलोमतोमा होटल तथा लजमा यौन व्यवसाय चल्ने
गरेको आरोप लगाएका छन्।
Comments:

No comments:

Post a Comment