Tuesday, August 21, 2012

मूल्यबृद्धि र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

५ भदौ, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दैनिक उपभोग्य बस्तुमा भइरहेको कालोबजारी, मिश्रण र मूल्यबृद्धि रोक्नेगरि तत्काल अनुगमन थाल्न सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको छ ।
मुख्य सचिव, बाणिज्य सचिव, काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी, बाणिज्य बिभागका महानिर्देशक र साल्ट ट्रेडिङका महाप्रवन्धकलाई आफ्नै कार्यालयमा बोलाएर तत्काल बजार अनुमगनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।
‘चाडबाडको समय आउन लागेको छ, बजारमा अस्वभाविक ढंगले मूल्यबृद्धि भएको खवर आइरहेका छन यसलाई तत्काल रोक्नेतिर कदम चाल्नुस’ प्रधानमन्त्रीकोभनाई उदृत गर्दै उहाँको निजी सचिवालयले भन्यो-’अत्याबश्यक बस्तुको आपूर्तिमा कुनै कमी हुन नदिन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।’
वैठकमा उपस्थीत अधिकारीहरुले तत्काल बजार अनुगमन सुरु गरि मूल्यबृद्धि नियन्त्रण गरि अत्याबश्यक सामाग्रीको आपूर्तिलाई सहज बनाउने प्रतिबद्धता जनाएका छन् ।

No comments:

Post a Comment