काठमाडौ, भदौ ८ – गएराती देशैभर भूकम्पको धक्कामहसुस भएको छ । रुकुम र रोल्पाको सीमावर्ती क्षेत्रमा केन्द्रविन्दु रहेको ५ दशमलब ६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको भूकम्पमापन केन्द्र लईनचौरका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।
उहाँले सानोखालको भूकम्प भएकाले यसले कहिकतै क्षति पुराउने सम्भावना कम रहेको बताउनुभयो । राती दश बजेर १५ मिनेट जाँदा भूकम्प गएको थियो । त्यसको १२ मिनेट पछि फेरि ४ दशमलब ७ रेक्टरस्केलको भूकम्पको धक्का महसुस भएको थियो ।
No comments:
Post a Comment