३२ साउन, रुकुम । रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक सल्यानीका साथै पाँच रुकुमेलीको अझै उद्धार नभएको बताइएको छ ।
रोजगारीका लागि तीन महिना मलेसिया पुगेका रुकुम विजयश्वरी-४ वीरवहादुर गिरी, नरेश लामिछाने, सिमरकुमार गिरी, कोटजहारी-५ का सविन बुढाथोकी, रुपेश बुढाथोकी र सल्यान बडागाउँ-६ का डम्बर रावतलाई अझैसम्म पनि कसैले उद्धारको पहल नगरेको आफन्तहरुले बताएका छन् ।
एकसाताअघि अलपत्र अवस्थामा भेटिएका उनीहरुलाई मेनपावरले फसाएको बताइएको छ । काठमाडौँस्थित दक्षिणकाली मेनपावरमार्फत गएका उनीहरुले सुरुमा पानीजहाजको सामान लोड गर्ने भनी पठाएता पनि अहिले आएर मलेसियामा रहेको वावर इभरले कम्पनीले फलाम खानीमा लगाएको बताइएको छ ।
फलाम खानीमा काम गर्न नसकेपछि उनीहरु अलपत्र अवस्थामा एक घरमा लुकेर बसिरहेको बताइएको छ । अहिलेसम्म कसैले उद्धारको पहल नगरिदिँदा घरपरिवार चिन्तित भएका छन् । रासस
No comments:
Post a Comment