Wednesday, May 9, 2012

राष्ट्रपतिले प्रधानमन्त्रीलाई सोधे- 'सरकार किन अपूर्ण ?'

काठमाडौं, वैशाख २७ - राष्ट्रपति रामवरण यादवले पाँच बुँदे सहमतिमा दुई दिनभित्र सहमतिको सरकार गठन गर्ने भनिए पनि अझै पूर्णता नपाएकोमा प्रधानमन्त्रीसँग जिज्ञासा राखेका छन् ।
शीतल निवासमा बुधबार भएको भेटमा राष्ट्रपति यादवले प्रधानमन्त्री बाबुराम भट्टराईसँग सरकारले पूर्णता नपाएकोबारे जिज्ञासा राखेका छन् । जवाफमा प्रधानमन्त्रीले अन्य दल सहमतिमा आए पनि एमालेले निहुँ खोजेर सरकारमा नआएको बताएका थिए ।
भेटमा राष्ट्रपतिले संविधानसभाको म्याद सकिन १९दिनमात्र बाँकी रहँदा पनि दलहरुबीच सहमति नभएकोप्रति ध्यानाकर्षण गराएका राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए।
सेनाको पुनर्संरचना भन्दै रथी थप गर्ने तयारीप्रति पनि राष्ट्रपतिले चासो लिएका थिए । उनले राजनीतिक सहमति विथोलिने गरी सेनाको पुनर्संरचनातिर नलाग्न सुझाएका दाहालले बताए ।

No comments:

Post a Comment