कावासोती (नवलपरासी ) , वैशाख २७ - स्थानीय प्रशासन र आन्दोलनकारीबीच आज नवलपरासीको कावासोतीमा भएको छलफलले पाँचबुँदे समझदारी गरेपछि थारु सङ्घर्ष समितिले अश्चितकालीन बन्द फिर्ता लिएको रासस ले जनाएको छ ।
थारु सङ्घर्ष समितिले हिजो तराई बन्द गर्दा डण्डामा रहेको थारु सङ्ग्रहालयमा भएको तोडफोडकाविषयमा इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी मुकुन्द मरासिनीको नेतृत्वमा छानविन समिति गठन, आन्दोलनका घाइतेको उपचारको व्यवस्था गर्ने, क्षतिपूर्तिको व्यवस्था गर्ने, शान्ति सुव्यवस्थाका लागि मिलेर कार्य गर्ने र बन्द फिर्ता लिने सहमति भएको थारु युवा सभा नवलपरासीका अध्यक्ष युग महतोले जानकारी दिए ।
सहमति भएको झण्डै दुई घण्टापछि आज ४:१५ बजेदेखि राजमार्गमा यातायात सुचारु भएको छ । जिल्ला बन्दका क्रममा प्रहरी र आन्दोलनकारीबीच एक/दुई ठाउँमा झडप भएको थियो ।
झडपमा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश लम्सालसहित दुवैतर्फ गरी १६ जना घाइते भएका थिए ।
थारु सङ्घर्ष समितिले हिजो गरेको बन्दमा डण्डामा भएको तोडफोडको विरोधमा बुधबार नवलपरासी बन्द भएको थियो ।
प्रहरीद्वारा २० राउण्ड अश्रुग्यास प्रहार
नवलपरासीको डण्डामा मंगलबार भएको बन्द आब्हानकर्ता र बन्दका बिरोधीहरु बिचको बिवादले आज(बुधबार) पनि उग्ररुप लिएको छ । नवलपरासीको डण्डावाट कावासोती थानातर्फ आउँदै गरेको जुलुशलाई रोक्न गएको प्रहरीमाथि प्रर्दशनकारीले ढुङ्गामुढा गरेपछि प्रहरीले कम्तिमा २० राउण्ड अश्रुग्यास हानेको छ ।
प्रर्दशनकारीले हानेको ढुङ्गाले लागेर कावासोतीका प्रहरी निरीक्षक उमेश लम्साल सहित कम्तीमा आधा दर्जन घाइते भएका छन् । उनीहरुको कावासोती स्थित कालिगण्डकी अस्पतालमा उपचार भैरहेको छ । डण्डावाट लठीसहित नाराजुलश गर्दै कावासोती थाना तर्फ आउदै गरेकेा उत्तेजित भिडलाई नियन्त्रण गर्न गएको प्रहरी टोलीमाथि प्रर्दशनकारीले एक्कासि ढुङ्गामुढा गरेका हुन् ।
स्थिति नियन्त्रणमा लिन कावसोतीमा करिब २ सय प्रहरी परिचालन गरिएको छ । बजार र यातायात पुरै ठप्प छ ।
यसैबिच स्थिति सामान्य बनाउन भन्दै इलाका प्रहरी कार्यालयमा प्रमुख जिल्ला अधिकारी र सबैदलहरुको बैठक बसिरहेपनि निस्कर्षमा पुग्न सकेको छैन । बार्ता र छलफल जारी छ ।
No comments:
Post a Comment