Wednesday, May 16, 2012

मधेसी मोर्चाले नै मधेसीलाई भारतीय बनाउन खोजेको मधेसीकै आरोप

काठमाडौं, जेठ ३ (नागरिक)- तराई स्वतन्त्र न्याय मञ्च नेपालको भातृ सङ्गठन स्वतन्त्र न्याय मञ्चले ३ करोड नेपालीको राय नबुझी तयार पारिएको ११ प्रदेश तत्काल खारेज गर्न माग गरेको छ।
मञ्चले चार दलका चार नेताको निजी स्वार्थसिद्ध गर्न पास गरिएको ११ प्रदेशले चार राजालाई बढाएर ११ राजा थप्ने काममात्र गरेको बताएको छ।
११ प्रदेश ३ करोड नेपाली जनताको हितमा नहुने भन्दै तत्काल खारेज गर्न पनि उसले माग गरेको हो।
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै रोशन शाहीको संयोजकत्वमा गठित तराई स्वतन्त्र न्याय मञ्च नेपालको भातृ सङ्गठन स्वतन्त्र न्याय मञ्चका पदाधिकारीहरुको सम्मान कार्यक्रममा ११ प्रदेश खारेजीको माग गरिएको हो।
मञ्चका अध्यक्ष भाग्यनारायण बैठाले डलरमा विकेरतीन दलका नेताहरुसँग घाँटी जोड्न पुगेका मधेसी मोर्चाका नेताहरुको भण्डाफोर गर्ने चेतावनी पनिदिए।
उनले मधेसीको नाम भजाएर नेता बनेका विजय गच्छदार मधेसीका लागि गद्दार सावित भएका छन् भन्दै उनले मधेसीहरुलाई भारतको जिम्मा लगाउन लागेको आरोप लगाए।
न्याय मञ्चले समावेशी सङ्घीय गणतन्त्रसहितको संविधान जारी हुनुपर्ने, देशमा ५ देखि ७ प्रदेश मात्र हुनुपर्ने, भागबण्डाको राजनीतिक बन्द गर्नुपर्नेलगायत् ९ माग अघि सारेको छ।
प्रतिक्रियाहरू (0)

No comments:

Post a Comment