Wednesday, May 16, 2012

राजधानी माग्दै युवाद्वारा शैक्षिक संस्था बजार र यातायात बन्द

धनकुटा, जेठ ३ - प्रादेशिक राज्यको राजधानी धनकुटालाई बनाउन माग गर्दै सडकमा ओर्लेका युवाहरुले धनकुटाको शैक्षिक संस्था, बजार र यातायात बन्द गराएका छन्। राजनीतिक दलमा आवद्ध भएका युवाहरुले धनकुटालाई मृत्त शहर हुनबाट जोगाउन बन्द गराएका हुन्।
प्रादेशिक राजधानी बनाउनको लागि आन्दोलन गरिरहेका सामाजिक संघसंस्था र नागरिक अधिकारकर्मीहरुले आमहड्ताल नगर्न अनुरोध गर्दा पनि युवाहरुले जर्वजस्त रुपमा बन्द गराएका हुन्। धनकुटाको आवाज केन्द्रीय निकायबाट सुनुवाई गराउने उद्देश्यले आमहड्ताल गरेको अन्दोलनकर्ता युवा दिनेश आठपहरियाले बताए।
युवाहरुले मंगलबार विहानै देखि बजार बन्द गराउदै हिडेका थिए। बन्द नगर्ने पसलहरुलाई समेत उनीहरुले जर्वजस्ती रुपमा बन्द गराउन लगाएका थिए। बन्दले धनकुटा बजार, हिलेबजार बन्द भएका छन्। बन्दले कोशी पहाड चल्ने यातायात सेवा बन्द भएको छ। यातायात बन्द गराउनको लागि कोशी राजमार्ग अर्न्तगतको धनकुटाको जिरोप्वईन्टमा युवाहरुले सडकमा अवरोध गरी यातायात बन्द गराएका हुन्। यातायात बन्दले कोशी पहाडी जिल्ला तेह्रथुम, संखुवासभा र भोजपुर जाने कुनै पनि सवारी साधानहरु बन्द भएका थिए। बन्दमा मोटरसाईकल एम्बुलेन्स र दुध बोक्ने गाडी मात्रै सञ्चालन भएका छन्।
बन्दले धनकुटाबजारको निजिस्तरबाट सञ्चालन भएका माछापुच्छ्रे, र काबेली विकास बैंक संगै धनकुटामा सञ्चालन भएका दर्जनौ बचत तथा ऋण सहकारी संस्थाहरु समेत बन्द भएका छन्। युवाहरुले बन्दको अबज्ञा गर्नेहरुलाई भौतिक कार्वाही गर्ने धम्की समेत दिएका थिए।
त्यस्तै प्रादेशिक राजधानी माग्दै धनकुटाका ब्यापारीहरु पसल बन्द गरेरै निरन्तर जुलुसमा निस्किरहेका छन्। यो आन्दोलनमंगलबार ५औं दिन समेत निरन्तर रहने भएका छन्। प्रादेशिक राजधानी माग गर्दैधनकुटा उद्योग बाणिज्य संघ, नेपाल आदिबासी जनजाति महासंघ, नेपाल पत्रकार महासंघका र युवा समुहले जुलुसको नेतृत्व गरि सकेका छन्।

No comments:

Post a Comment