Sunday, November 24, 2013

फ्री भिसामा रकम लिने मेनपावरलाई सास्ती

९ मंसिर, काठमाण्डौं । सरकारले वैदेशिक रोजगारको फ्री भिसामा रकम लिने
मेनपावर कम्पनीमाथि कठोर कदम चाल्ने भएको छ । मेनपावर कम्पनीले कमदारसँग
लिएको रकमको पूर्ण विवरण र रसिदपछि मात्र सरकारले अन्तिम स्वीकृति दिन
लागेको हो ।
मलेसिया, कतार र संयुक्त राज्य अरब इमिरेट्स युएईका आकर्षक आम्दानी हुने
फ्री भिसामा नेपाली व्यवसायीले कामदारसँग बढी रकम लिने गरेको नयाँ
पत्रिकामा खबर छ । कतारमा गएका कामदार बढी मात्रामा अलपत्र पर्ने गरेका
पनि सरकारले कठोर कदम चाल्न लागेको हो । यसैगरी, साउदी अरेविया र कुबेतमा
पनि यस्तो प्रवृत्ति देखि थालेपछि श्रम स्वीकृतिका लागि पहिलो चरणको
प्रथम स्वीकृतिमै कडाइ गरिनेछ ।
फ्री भिसामा हवाई टिकट लाग्ने भए सो लिनका लागि स्पष्ट कागजात पेस गरेपछि
मात्र मेनपावर कम्पनीले प्रथम स्वीकृति पाउने छन् ।
प्रथम स्वीकृति लिएर मात्र मेनपावर कम्पनीले कादार छनोटको विज्ञापन गर्न
पाउँछन । राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रथम स्वीकृति नलिईकन
विज्ञापन छाप्न नपाइने र यस्तो प्रक्रिया नगरीकन कामदारसँग आर्थिक सहयोग
गर्न पाइदैन् ।

No comments:

Post a Comment