क्वाललाम्पुर । मलेसियामा कार्यरत एक नेपाली महिलाले घरमा पैसा पठाएकै
दिन आत्महत्या गरेकी छिन् । मोरङ उर्लावारी ४ वरगाछी घर भई जोहोरको
ताम्पोईमा रहेको आईटीजी इलेक्ट्रोनिक कम्पनीमा कार्यरत ३२ वर्षीया मन्जु
न्यौपानले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
दुई वर्ष अगाडि मात्रै मलेसिया आएकी मन्जुले आत्महत्या गर्नुअघि घरमा ३३
हजार रुपैयाँ पठाएकी थिइन् । सहकर्मीहरुका अनुसार पैसा पठाएर होस्टलमा
आएपछि यता र उता गर्दै नेपालमा आफन्तहरुलाई फोन गरिरहेकी थिईन। राति करीव
१२ वजे तिर सवै साथीहरु सुतिसकेपछि उनी नसुतेपछि अरु साथीहरुले
खोज्दाकोठाको सिढीमा एक्लै वसिरहेकी थिईन । साथीहरुले 'तिमिलाई के भएको
छ' भनेर निकै सोध्दा समेत उनले केहि नभएको वताएकी थिईन ।
सवैसाथीहरु सुतिसकेपछि उनले केनाङगास्थित व्लक नम्बर ११ को पाँचौ तलामा
फलामको गेटमा सलको प्रयोग गरी झुण्डिएर आत्महत्यागरेकी हुन् ।
न्यौपानेको श्रीमान केही समय अगाडिदेखि वेपत्ता छन् भने मलेसिया आउनु अघि
उनी छोरासहित माईतिघरमा वस्दै आएको बताइएको छ ।
source onlinekhabar.com
No comments:
Post a Comment