Wednesday, May 16, 2012

झडपपछि हुम्ला सदरमुकाममा कर्फ्यु

हुम्ला, जेष्ठ ३ - स्थानीयबीच झडप भएर स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले हुम्ला सदरमुकाम सिमकोटमा कर्फ्यु लगाएको छ । बुधबार दिउँसो १२ वजेर ३० मिनेटबाट प्रशासनले कर्फ्यु जारी गरेको छ । तीन जानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सदरमुकाम सिमकोट जोडिएको ठेहे गाउँका युवा र सिमकोटका युवा बीच मानसरोवर उच्च माद्यामिक विद्यालय सिमकोटको व्यवस्थापन समिति गठनका विषयलाई लिएर दुई गाउँका वासिन्दाबीच झडप भएको हो । हिजो भएको कुटपिटको प्रतिवाद गर्न तिन घन्टापैदल हिडेर आएका ठेहे गाउका युवा युवती महिला तथापुरुषले सिमकोटमा अन्धाधुन्ध कुटपिट र ढुङ्गा वर्साउन थालेपछि स्थिति नियन्त्रण लिन स्थानिय प्रशासनले कर्फ लगाउनु परेको जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले स्थिति असमान्य बनेपछि कर्फ्यु लगाउनु परेको बताए ।
प्रकाशित मिति: २०६९ जेष्ठ ३ ०१:२५

No comments:

Post a Comment