बाराको विश्रामपुर-३ मुसहर्वा गाउँका सन्तोष साहले मोटरसाइकल दाइजो नल्याएको भन्दै २२ वर्षीया श्रीमती बिन्ती साहको हत्या गरेका छन् ।
पति सन्तोष साह, ससुरा शिवलाल साह र सासुले यही साउन ६ गते हत्या गरी गाउँ नजिकैको नदीमा जलाइरहेको अवस्थामा प्रहरीले घटनास्थल पुगी जल्न बाँकी हाडहरू बरामद गरेको थियो । ती अवशेषलाई अनुसन्धानका लागि काठमाडौँ पठाइएको प्रहरी निरीक्षक रामनाथ घिमिरेले जानकारी दिनुभयो ।
बिन्तीका बाबु कुंजविहारी साहले छोरीको हत्या गरिएको भन्दै हिजो जिल्ला प्रहरी कार्यालय बारामा सन्तोष साह, शिवलाल साहविरुद्ध जाहेरी दिएका थिए । विहारीकाअनुसार सन्तोषले मोटरसाइकलमाग गर्न तीन महिनादेखि श्रीमती विन्तीलाई दबाब दिँदै आएका थिए ।
सन्तोषको भारत मोतीहारी जिल्ला बेला गाउँ बस्ने बिन्तीसँग २०६७ साल जेठ २४ मागी विवाह भएको थियो ।सन्तोष र उनका परिवार फरार रहेको प्रहरीले जनाएको छ । रासस
यसमा तपाइको मत
No comments:
Post a Comment