Wednesday, May 16, 2012

शीर्ष तीन नेताको पुतला जलाउन खोज्दा हस्तक्षेप, सभासदसहित दर्जनौँ घाइते

प्रमुख तीन दल र मधेसी मोर्चाको हिजोको बैठकले 'नक्कली संघीयता'सहितको संविधान ल्याउन लागेको भन्दैगौशालामा तीन दलका नेताहरुकोपुतला जलाउन खोज्दा प्रहरीलेहस्तक्षेप गरेको छ। हस्तक्षेपमा सभासद् र सञ्चारकर्मीसहित दर्जनौँ घाइते भएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ।
सहमतिको विरोधका क्रममा नयाँबानेश्वरमा सभा सकिएपछि विरोध जुलुस निस्कने क्रममा गौशालामा शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्ड, सुशील कोइराला र झलनाथ खनालको पुत्ला दहन गर्न खोजेको थियो। यसै क्रममा प्रहरीले बिना चेतावनी हस्तक्षेप गरेको महासंघले आरोप लगाएको छ।
प्रहरी हस्तक्षेपमा आज गरिएको प्रहरी दमनमा सभासद् आङदावा शेर्पा, नेपाल आदिवासी जनजाति महासंघकी उपाध्यक्ष इन्दिरा जिमी याखा, थारु कल्याणकारिणी सभाका कोषाध्यक्ष डम्बरप्रसाद चौधरी, तमु ह्युल छोँझ धीका महासचिव रेशम गुरुङ घाइते छन्। त्यसैगरी विद्यार्थी महासंघका धीरेन्द्र राई, माधव दर्लामी मगर, पे्रम लिम्बू, निरज चौधरी, पुष्कर चौधरी, नवाङफुरी शेर्पा, भाइ किराँतीसहित चारदर्जन घाइते भएको महासंघले जनाएको छ।
घाइते सभासद शेर्पाको ओम अस्पतालमा उपचार भइरहेको नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङ काजी शेर्पा किसानले बताए। त्यसैगरी दर्जनौलाई गिरफ्तार पनि गरिएको बताउँदैआजको दमनको विरोधमा भोलि देशब्यापी विरोध सभा गर्ने महासंघले जनाएको छ।
विरोध प्रदर्शनलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले काठमाडौँ उपत्यकाका विभिन्न संवेदनशील क्षेत्रहरुमा जुलुस, धर्ना गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरिसकेको छ।

No comments:

Post a Comment