Saturday, May 12, 2012

आवश्यक परे संकटकाल

- माओवादी महासचिव रामबहादुर थापाले आवश्यक परे संकटकाल लगाएर भए पनि संबिधानसभाको म्याद थप्नु पर्ने बताएका छन् । जेठ १४ मा आशिंक संविधान जारी गरेर संविधानसभाको म्याद थप्नु पर्ने उनले बताए । संकटकाल लगाएर म्याद थप्ने कुरा भइरहेको उनले बताए ।
क्रान्तिकारी पत्रकार संघ संखुवासभाले खाँदबारीमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा अहिलेसम्म विवाद नटुङिगएको र मस्यौदातयार नभएकाले जेठ १४ मा संविधान जारी हुन नसक्ने वताए । 'संविधानसभा विघटन गरी नयाँ आयोग वनाएर संविधान घोषणा गर्नु पर्छ,' उनले भने, 'मुलुक अहिले प्रसव पीडावाट छट्पटिराखेको छ । निरासा, अन्यौलता, डण्डहिनता र अराजकता मौलाएकाले मुलुकले गतिलिन सकेको छैन ।'
महासचिव थापाले मुलुकमा लोकतन्त्र नभई भ्रष्ट्रतन्त्र आएको दाबी गरे । मुलुक क्षेत्रीय द्वन्द्वमा फस्न लागेको भन्दै अधिकारसहितको संविधान जनतालाई आफुहरुले दिन खोजेको बताए । भने, '४ बर्षमा नभएको उपलव्धी २ सातामा कसरी हुन्छ ?'
समस्या राष्ट्रिय स्वाधिनतासँग जोडिएको वताउँदै उनले भने, 'नेपाललाई विदेशी शक्तिले थिचोमिचो गरेको छ, हामी स्वतन्त्र छैनौ, अर्काको निर्देशनमा चल्न बाध्य छौ ।' २०४६ पछि ०६२ सम्म कुनै विदेशी शक्तिले चलखेल गर्न नसके पनि वितेको ६ बर्षमा यति धेरै चलखेल भएको उनले बताए । 'यस्तै हो भने नेपाल कुनै दिन एउटा देशको प्रान्त हुने छ, हामीले नेपाली भन्न पाउने छैनौ,' उनले भने ।
सरकार गठनमा विदेशी राजदुतहरुको चलखेल हुनु सामान्य भएको भन्दै उनले थपे,' नेपालका राजनीतिक दलका नेताहरुले आफुले सरकार गठन गर्न सक्दैनन्, विदेशीले चाहे तुरुन्तै परिवर्तन गर्न सक्छन् ।' मुलुक गृहयुद्धमा फस्न लागेको उनको भनाई थियो ।
प्रकाशित मिति: २०६९ वैशाख ३० ०५:४५

No comments:

Post a Comment