Saturday, May 12, 2012

१२ घण्टाको प्रयास शुन्य

- संघीयतामा सहमति जुटाउने अन्तिम प्रयासमा लागेका दलहरुले शनिबार पटक–पटक गरेर १२ घण्टा छलफल गरे । तर कुनै पनि बैठक उपलब्धिमुलक भएनन् ।
दिनभरको बैठकमा सहभागी कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले कुनै पनि विषयमा सहमति नभएको बताए । ‘कुरो मिलेको छैन,’ उनले संवाददाताहरुसित साँझ भने, ‘मसँग भन्ने कुरो केहीछैन ।’
शुक्रबार ११ प्रदेशमा सहमति नजिक पुगेका भनिएका दलहरुबीच पुनः प्रदेश संख्यामा किचलो देखियो । कांग्रेस–एमालेले बहुजातीय ८ प्रदेश नै बटमलाइन भएको बताए भने माओवादीले नामाङ्कन र सिमाङ्कन प्रदेशलाई नै दिएर ११ प्रदेश बनाउने अडान राखिरह्यो ।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमतिका नाममा कांग्रेस–एमालेले प्रक्रिया अगाडि बढ्न नदिएर अल्मल्याएको आरोप लगाए । उनले अब विवादित सवै विषयलाई संविधानसभामा मतदानबाटैटुंग्याउने स्पष्ट पारे ।
दलहरुबीच सहमति नभएपछि संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिले मतदानमा जाने प्रश्नावली तयार पार्न सुरु गरेको एमाले बरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए ।

No comments:

Post a Comment