काठमाडौँबाट जोमसोम उडेको अग्नि एअरको डोर्निएरविमान पोखरा आसपासको पहाडमा दुर्घटना भएको विमानस्थल स्रोतलाई उद्धृत गर्दै नागरिकन्युजकर्मी सुशील भट्टराईले जनाएका छन्। नागरिकन्युजकर्मी सन्तोष पोखरेलका अनुसार दुर्घटनामा ७ भारतीयको शव फेला परेको छ । दुई भारतीय बालिका र दुई विदेशी जिवित रहेको पर्यटन व्यवसायी प्रकाश पौडेलले बताए। क्याप्टेन पी.एस पाठकले उडाएको विमान काठमाडौँबाट जोमसोमका लागिउडेकोमा इन्डिकेटरमा खराबी देखिएपछि बीचबाटै पोखरामा अवतरणका लागि फर्केको थियो। फर्कने क्रममा पोखरा आसपासकै पहाडमा ठोक्किएको हुनसक्ने विमानस्थल स्रोतले जनाएको छ।
अग्नि एअरको सो डोर्नियर विमानमा दुई विदेशी र बाँकी भारतीय यात्रु रहेको बताइएको छ। विमानमा तीन चालक दलका सदस्य थिए।
विस्तृत विवरण आउन बाँकी छ।अग्नि एअरको विमान दुर्घटना
No comments:
Post a Comment