Monday, October 21, 2013

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

४ कात्तिक, काठमाडौं । रोगजार अनुमति प्रणाली इपीएस अन्तरगत दक्षिण
कोरिया जान लिइएको भाषा परीक्षाको नजिता सोमबार सार्वजनिक भएको छ ।
भाषा परीक्षामा ४ सय ४७ महिलासहित ८ हजार ७ सय २२ जना उत्तीर्ण भएका छन्
। उत्पादनमुलक कामतर्फ ४ हजार ९ सय ६० र कृषितर्फ ३ हजार ७ सय ६२
उत्तीर्ण भएका हुन् । असोज २० र २१ गते भएको परीक्षामा ४३ हजार ७ सय २
जनाले कोरियन भाषा परीक्षा दिएका थिए ।
परीक्षामा उच्च अंक ल्याएकाहरुलाई फेरि क्षमता परीक्षण गरिने र त्यसमा
धेरै अंक ल्याउनेलाई प्राथमिकताका साथ कोरियाको रोजगारदाता कम्पनीमा
सिफारिस गरिनेछ ।
परीषाको नजिता केहिबेरमा www.epsnepal.gov.npwww.dofe.gov.npमा हेर्न सकिनेछ ।

No comments:

Post a Comment