Tuesday, October 22, 2013

कुखुराको मासु अहिलेसम्मकै महँगो, तिहारपछि अझै बढ्ने

५ कात्तिक, काठमाण्डौं । बर्डफ्लु संक्रमणले भक्तपुरसहित देशभर करिब २०
लाख कुखुरा मारिएपछि मागअनुसार आपूर्ति हुन नसक्दा कुखुराको मूल्य
आकासिएको छ । राजधानीमा १ महिनायता कुखुराको मासु प्रतिकिलो २ सय १०
रुपैयाँबाट बढेर ३ सय ४० रुपैयाँ पुगेको छ । उपत्यकामा यो हालसम्मकै उच्च
मूल्य हो ।
बर्डफ्लु संक्रमणका कारण त्रस्त उपभोक्ताले विस्तारै कुखुराको मासु उपभोग
गर्न थालेपछि मूल्य बढेको राष्ट्रिय कुखुरा व्यवसायी संघले जनाएको
कारोबार दैनिकमा खबर छ ।
'कोल्ड स्टोरहरुमा ३ सय २० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ तर
खुद्रा पसलमा ३ सय ४० सम्ममा बेचिएको छ,' संघका अध्यक्ष जंगबहादुर बीसीले
भने, 'मागअनुसार आपूर्ति हुन नसकेकाले मूल्य बढेको हो ।'
तुलनात्मक रुपमा मूल्य घट्नुपर्ने सिजन भए पनि आपूर्ति सञ्जाल सन्तुलित
भएकाले तिहारपछि मूल्यमा थप चाप पर्ने उनको अनुमान छ । 'दसैं-तिहारमा
उपभोक्ताले खसीको मासु बढी उपभोग गर्ने भएकाले कुखुराको मूल्य घट्नुपर्ने
हो,' बीसीले भने, 'आपूर्ति बढाउन नसक्ने हो भने तिहारपछि मूल्य थप बढ्नेछ
।'

No comments:

Post a Comment