Monday, July 15, 2013

सामाजिक सन्जालमा लेखिएपछि रिसाइन् राजदुत

काठमाडौं, असार ३१ - कतारका लागि नेपाली राजदुत मायाकुमारी शर्माले
सामाजिक सन्जालमा नेपाली श्रमिकका पीडासम्बन्धी लेखहरु लेखेकै भरमा
नेपाली नागरिक दीपेन्द्र भेटवाललाई कतारबाट निश्कासन गर्न पत्राचार गरेको
स्वीकारेकी छिन् ।
भेटवाललाई कतारबाट निकाला गर्न त्यहाँको सरकारलाई पत्राचार गरेको विषयमा
परराष्ट्र मन्त्रालयले सोधेको स्पष्टिकरणको जवाफमा उनले यस्तो
स्वीकारोक्ति गरेकी हुन् । उनले परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईलाई
सम्बोधन गर्दै यही असार १६ गते जवाफ लेखेकी हुन् ।
शर्माले संसारको जुनसुकै कुनाबाट प्रयोग गर्नसकिने विद्युतीय माध्यम
इन्टरनेटमा सजिलै उपलब्ध सामाजिक सन्जालमा लेखेकै भरमा आफ्ना नागरिकलाई
देश निकालासम्मकै कदम उठाउन कतारी सरकारलाई औपचारिक आग्रह गरेकी थिइन् ।
त्यसबारे उनले नेपालको परराष्ट्र मन्त्रालयलाई पूर्व जानकारीसमेत गराएकी
थिइनन् ।
मन्त्रालयले सोधेको स्पष्टिकरणमा पूर्व जानकारी किन नगराएको भनेरसमेत
सोधेकोमा उनको जवाफी पत्रमा त्यसबारे केही उल्लेख छैन । राजदुत शर्माले
जवाफी पत्रमाभेटवालद्धारा सामाजिक सन्जालमा पोष्ट गरिएका 'आपत्तिजनक'
वाक्यहरु पनि संलग्न गरेकी छिन् । 'वर्षौंदेखि आफ्नै देशका शासक
प्रशासकबाट ठगिंदै आएकासोझा जनता यता विदेशमा पुगेपछि पनि ठगिन छाडेका
छैनन्,' एउटा वाक्य यस्तो छ । अन्य वाक्यमा नेपालीको शीर झुकेको, नेपाली
मजदुरले आत्मदाहसमेत गरेको रालगायतका प्रसंग छन् ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरु शर्माको जवाफ पढ्दा उनले भेटवाललाई
व्यक्तिगत रिसइवीका कारण कतारबाट निकाला गराउन खोजेकोप्रष्ट बुझिने
उल्लेख गर्छन्। 'सामाजिक सन्जालमा मानिसले जिम्मवार ढंगले आफ्नो मनमा
लागेको कुरा लेख्न सक्छ । त्यसमाथि उनले सामाजिक सन्जालमा लेखेको भनेर
उल्लेखगरिएका वाक्यहरु पढेर कोही आत्मदाहका लागि प्रेरित हुनेभन्ने तर्क
पनि हावादारी छ,' उनीहरु भन्छन् ।
शर्माको जवाफी पत्रमा भेटवालसूगका आफ्ना व्यक्तिगत स्तरका
मतभिन्नताहरुलाई पनि उनलाई देशै निकाला गर्नका लागि आवश्यक आधारका रुपमा
प्रस्तुत गरेकी छिन् । 'यो पत्रका कुराहरु अध्ययन गर्दाउनलाई कारवाही
गर्नुपर्ने देखिन्छ । कम्तिमा नसिहत,' मन्त्रालयका एक वरिष्ठ अधिकारी
भन्छन् ।
मन्त्रालयले यो पत्र र यसको विषयलाई अहिलेसम्म औपचारिक रुपमा वाहिर
ल्याएको छैन । राजदुत शर्माले कतारी विदेश मन्त्रालयस्थित एसिया विभागमा
गएर प्रष्टिकरण दिएको विषयमा पनि जवाफमा उल्लेख गरेकी छिन् । उनले विविसी
नेपाली सेवाको साझा सवाल कार्यक्रममा बोलेको विषयलाई मिडियाले बङग्याएको
दाबीसमेत गरेकी छिन् । कतारी विदेश मन्त्रालयमा गएर माफी मागेको, त्यो
घटनाबाट आफूलाई मार्गनिर्देशन भएको पनि उनलेजनाएकी छिन् ।
साझा सवाल कार्यक्रममा शर्माले कतार नेपाली नागरिकका लागि खुला जेल भएको
भन्दै टिपप्णी गरेको समाचार सन्चार माध्यमहरुले प्रसार गरेका थिए ।
विदेश मन्त्रालयमा स्पष्टिकरण दिएर हिंड्दा त्यहाँका अधिकारीले आफूलाई
लिफ्टसम्म आएर विदा गरेको प्रसंग पनि उनले उल्लेख गरेकी छिन् ।
शर्माले कतारी सरकारलाई पत्र लेखेपछि त्यहाँको नेपाली समुदायको विरोधका
कारण परराष्ट्र मन्त्रालयले उक्त पत्र फिर्ता लिन निर्देशन दिएको थियो ।
शर्मा एनेकपा (माओवादी)को सिफारिसमा लाखौं नेपाली मजदुर कार्यरत कतारमा
राजदुतनियुक्त भएकी हुन् ।

No comments:

Post a Comment