Monday, July 15, 2013

पूर्वमन्त्रीकी छोरीको आत्महत्या रहस्यमै

३१ असार, काठमाण्डौ । पूर्वमन्त्री अनिल झाकी एक्ली छोरी श्वेताले शनिवार
आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरिन् । छोरीको अकल्पनीय वियोगले झा
दम्पति शोकमा डुबेका छन् । परिवारका अनुसार आत्महत्या गर्नुभन्दा केही
समयअघिसम्म पनि श्वेता सामान्य अवस्थामा देखिन्थिन् । उनी कुनै तनावमा
रहेको हुन सक्ने कुरा झा दम्पतिले अनुमानै लगाएका थिएनन् । आमाबुबाको
कोठामा भ्यागकुम लगाएर कोठा सफा गरेपछि आफ्नो कोठामा पसेकी श्वेता आधा
घण्टापछि मृत अवस्थामा भेटिइन् ।
श्वेताकी आमा ३ र ४ साउनमा हुने लोकसेवा आयोगको परीक्षाका लागि तयारी
गर्दै थिइन् । आइतवार विहान करिव साढे ८ बजेतिर श्वेताले कोठा सफ ागर्न
थालेकी आमालाई भनिन्,'तपाई पढ्न जानुस्, म सफा गर्छु । ' उनले भ्याकुम
लगाएर आमाबुबाको कोठा सफा गरिन् । ओछ्यान चिटिक्क पारेर मिलाइएन अनि
आफ्नो कोठामा छिरिन् । श्वेता आफ्नो कोठमा जाँदा बुबा माथिल्लो तलामा
गएका थिए भने आमा खाना पकाउँदै थिइन् ।
आधा घण्टापछि खाना खान श्वेताको खोजी हुन थाल्यो । उनको कोठामा धेरैबेर
ढक्ढकाउँदा ढोका खुलेन । त्यसपछि झा दम्पति अत्तालिए । ढोका फोडेर हेर्दा
श्वेता संसार छोडीसकेकी थिइन् । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको
छ । श्वेताका हरेक इच्छा झा दम्पतिले पुर्याइदिएका थिए । तिमी जे
चाहन्छौ, म पूरा गरिदिन्छु । तर कुनै निर्णय गर्नुअघि मलाई भन्ने गर,
आफ्नी छोरीलाई सधै सम्झाउने गरेको स्मरण गर्दै झाले भने, ' तर छोरीले
कसैलाई सुइँको नदिई यति कठोर निर्णय गरिन् ।'

No comments:

Post a Comment