Wednesday, October 10, 2012

कर्मचारीलाई निर्देशन दिन पत्रकारलाई बाहिरलखेटे मुख्य सचिवले

२४ असोज, पर्वत । नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले पर्वत र
बागलुङ जिल्लाका कर्मचारीलाई नागरिकको सेवाप्रति बफादार हुन निर्देशन
दिएका छन् । कार्यक्रमको रिपोर्टिङ गर्न पुगेका पत्रकारलाई बाहिर निकालेर
मुख्य सचिवले निर्देशन दिएका हुन्।
म्याग्दी जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न आएका पौडेलले
बुधबार बिहान पर्वतमा एक कार्यक्रमको आयोजना गरी दुवै जिल्लाका
कर्मचारीलाई निर्देशन दिएका हुन्।
मुलुकमा राजनीतिक स्थायित्व हुन नसकेका बेला स्थायी सरकारका रुपमा रहेका
कर्मचारीले नै सम्पूर्ण जिम्मेवारी बहन गर्नुपर्ने अवस्था आएको भन्दै
उनले जस्तोसुकै सङ्क्रमण भए पनि कर्मचारीहरुले आफ्नो कर्तव्य निर्वाह
गर्नुपर्ने बताए।
जुनसुकै पार्टीको सरकार आए पनि संविधान र नीति नियम नाघेर कुनै निर्णय र
काम नगर्नसमेत उहाँले निर्देशनदिए।
उनले कर्मचारीहरुलाई सीमित स्रोत साधनको समुचित उपयोग गर्दै नयाँ र
रचनात्मक काम गरी नागरिकलाई सकेसम्म बढी सेवा प्रवाह गर्न आग्रह गरे।
मुख्य सचिव पौडेलले खासगरी शिक्षा, स्वास्थ्यलगायत विकास निर्माणका
कामलाई विशेष जोड दिनसमेत आग्रह गरेका थिए।
चाडबाडको समयमा बढी मात्रामा आपराधिक क्रियाकलाप हुन सक्ने भएकाले
सुरक्षा सतर्कता बलियो बनाउनसुरक्षा निकायलाई निर्देशन दिँदै उनले बजारमा
महँगी, कालोबजारी र मिसावट बढ्दै गएकाले नियमित बजार अनुगमन गर्न समेत
आग्रह गरे।
कार्यक्रममा पर्वत र बागलुङका सरकारी कार्यालयका प्रमुख तथा
प्रतिनिधिहरुको सहभागिता थियो।
मुख्य सचिवको निर्देशनमा पत्रकारलाई बाहिर निकालियो
यसैबीच, सो कार्यक्रममा पुगेका पत्रकारलाई मुख्य सचिवको निर्देशनमा
प्रहरी लगाएर बाहिर निकालिएको छ।
मुख्य सचिवको निर्देशन भन्दै पर्वतका प्रमुख जिल्ला अधिकारी टेकबहादुर
केसीले पत्रकारलाई बाहिर निकालेका हुन्।
सुशासन र जनमुखी प्रशासनका बारेमा कार्मचारीलाई निर्देशन दिने
कार्यक्रममा सञ्चारकर्मीलाई पस्न नदिएपछि बाहिरै बसेर पत्रकारले समाचार
सङ्कलन गरेका थिए। प्रजिअ केसीले कर्मचारीलाई मात्रै कार्यक्रममा राख्ने
आदेश भएकाले पत्रकारलाई बाहिर जान भनेको उल्लेख गरे।
कर्मचारीलाई नागरिकको सेवाप्रति बफादार हुन् र सञ्चारमाध्यमको उचित
प्रयोग गरी राज्यका सेवा सुविधा र उपलब्धिका बारेमा व्यापक प्रचारप्रसार
गर्न निर्देशन दिइरहेका बेला प्रहरीले पत्रकारलाई बाहिर निकालेको हो।
उक्त घटनाप्रति सञ्चारकर्मीले खेद व्यक्त गरेका छन्।
जिल्लामा मुख्य सचिव जस्तो राज्यको जिम्मेवार तहको व्यक्तिको कार्यक्रममा
सञ्चारकर्मीलाई प्रवेश निषेध गरी नागरिकको सूचना पाउने अधिकारबाट वञ्चित
गरिएको भन्दै उनीहरुले खेद व्यक्त गरेका हुन्। रासस

No comments:

Post a Comment