Wednesday, August 29, 2012

वाणिज्य बैंकको बचत १५ दिनमा ६ अर्ब घट्यो,पूँजी पलायनको आशंका

१३ भदौ, काठमाण्डौं । विगत दुईसातामा वाणिज्य बैंकबाट ६ अर्व रुपैयाँ बाहिरिएको छ । साउन प्रारम्भदेखि बचत सामान्य घट्दै आएपनि २४ देखि भदौ ८ सम्ममा यो रकम बाहिरिएको हो । साउनयताका झन्डै सातामा ७ अर्व रुपैयाँ वचत घटेको छ । निक्षेप व्याजदरमा गिरावट र पुँजी पलायनजस्ता कारणले बचत घटेको हुनसक्ने सम्बद्ध विज्ञको विश्लेषण छ ।
असारमा बैंकहरुसँग ८ खर्व ५ अर्व रुपैयाँ बचत थियो । भदौ पहिलो सातामा घटेर ७ खर्ब ९९ अर्ब भएको छ । यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकको सवैभन्दा धेरै ५ अर्व रुपैयाँ निक्षेप घटेको छ । असारमा उसको निक्षेप ८७ अर्व ७७ करोड ५० लाख रहेकोखबर कारोबार दैनिकले छापेको छ ।
अवधि पुगेको निक्षेप फिर्ता, कर भुक्तानी, सरकारी खर्चमा कमी, व्याजदरमा निरन्तर गिरावट, स्थिर विनिमय दरका कारण रेमिट्यान्स आगमनमा कमी, राजनीतिक अस्थिरता, लगानी वातावरण अभावजस्ता कारणले निक्षेप घटेको आशंका राष्ट्र बैंक र वाणिज्य बैंकका बरिष्ठ अधिकारीहरुले गरेका छन् ।
‘निक्षेप घटेकै कारण वाणिज्य बैंकमा बचता घटेको हुनसक्छ,’ नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले भने, ‘बैंकबाट बाहिरिएको निक्षेप प्रणाली अन्तर्गत विकास बैंक र फाइनान्स कम्पनीमा गएको भए डर मान्नु पर्दैन, वित्तिय प्रणालीमा छ कि छैन भन्ने कुरा मुख्य हो ।’ सरकारले चालु आर्थिक बर्षका कर निरन्तर उठाए पनि पहिलो महिना भएकाले खर्च नहुने राष्ट्र बैंकका एक अधिकारीले बताएका छन् ।

No comments:

Post a Comment