Monday, July 15, 2013

५ खर्ब १७ अर्ब २४ करोड रुपैयाँको बजेट प्रस्तुत

काठमाडौं- नयाँ नारा र कार्यक्रम नथपी सरकारले आर्थिक वर्ष २०७०/७१ को
बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सिंहदरवारमा
आइतबार साँझ ५ खर्ब १७ अर्ब २४ करोड रुपैयाँको बजेट प्रस्तुत गरे ।
बजेटमा संविधानसभा निर्वाचन, ऊर्जा, कृषि, भौतिक पूर्वाधार, शिक्षा,
पर्यटन, लगानी प्रबर्द्धन, सुशासन प्राथमिकतामा परेका छन् । सरकारले
आगामी संविधानसभा चुनावका लागि १६ अर्ब बजेट छुट्याएको छ ।
सरकारले तीन वर्षपछि कर्मचारीको तलव १८ प्रतिशतले वृद्धि गरेको छ ।
बजेटमा समानरुपमा सवै दर्जाका कर्मचारीका लागि १ हजार रुपैयाँ भत्ता थप
गरिनेछ । 'अन्य सुविधाबारे अध्ययनका लागि विषयविज्ञ सम्मिलित कार्यदल
बनाइने,' बजेटमा उल्लेख छ ।
कर्मचारीको तलब वृद्धिलगायतमा विवाद भएपछि आइतबार बिहानमात्र बजेटलाई
अन्तिम रुप दिइएको थियो । कर्मचारीको तलव वृद्धिका लागि सरकारले
मुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा कार्यदल बनाएको थियो ।
यसअघि आइतबार नै बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७०/७१ को
वार्षिक आयव्यय अनुमान (बजेट) लाई अनुमोदन गरेको थियो । मन्त्रिपरिषद्ले
बजेट अनुमोदन गरेपछि यसैगरी वजेटसँग सम्बन्धित आर्थिक अध्यादेश र राष्ट्र
ऋण उठाउने अध्यादेश राष्ट्रपति रामवरण यादवसमक्ष सिफारिस गरेको थियो ।
राष्ट्रपतिले आइतबार नै अध्यादेश अनुमोदन गरेपछि सरकारले सार्वजनिक गर्न
लागेको हो ।
बजेटबारे प्रत्यक्ष जानकारी पाउन यहाँ क्लिक गर्नुहोस्
संक्षेपमा बजेट
· सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको हलबाट बजेट भाषण सुरु भएको छ
। हलमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरु, उच्च
अधिकारीहरुको उपस्थिति छ ।
· अर्थसचिवले बजेट भाषण कार्यक्रमबारे जानकारी दिएका छन् ।
· अर्थमन्त्री शंकरप्रसाद कोइरालाले बजेट भाषण सुरु गरेका छन् ।
· निर्वाचित भावी सरकारलाई निरन्तता दिने हिसावले बजेटको तयारी भएको
अर्थमन्त्रीको भनाइ ।
· सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहित गर्ने ।
· संविधानसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन सहयोग पुर्याउने ।
· जलविद्युत, कृषि, भौतिक पूर्वाधार, शिक्षा, पर्यटन, निजी क्षेत्रका
लागि लगानी प्रबर्द्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सुशासन
प्राथमिकता ।
· संविधानसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थालगायतका लागि १६ अर्ब
छुट्याइएको छ ।
· राष्ट्रिय गौरवका आयोजनमा बजेट बृद्धि । केही कार्यक्रम थप ।
· गौतम बुद्ध, पोखरा विमानस्थलका लागि, निजगढमा विमानस्थल बनाउन
आवश्यक बजेट विनियोजन ।
· कलंकी-कोटेश्वर सडकलाई ८ लेन बनाइने, ५१ करोड छुट्याइयो ।
· विभिन्न निर्माणाधिन सडकका लागि पनि रकम विनियोजन ।
· सवारी दर्ता कागजलाई स्मार्ट कार्डमा परिवर्तन गरिने ।
· ३१ हजार युवालाई तालिमका लागि ६१ करोड विनियोजन ।
· निरक्षरलाई साक्षर बनाउन १ अर्ब ।
· प्राकृतिक विपद्मा परेका विद्यालयलाई बजेट विनियोजन ।
· ७५ वर्ष पुगको बृद्ध र १५ वर्ष मुनिकालाई निःशुल्क मुटुरोग उपचार ।
· अन्तर्जातीय विवाह गर्नेलाई १ लाख दिने नीतिलाई निरन्तरता ।
· नाप नक्सालाई डिजिटल डाटाबेसमा रुपान्तरण गरिने ।
· एक अर्बभन्दा बढी लगानी गर्नेलाई प्रधानमन्त्री सम्मान ।
· स्वदेशी उत्पादनलाई सरकारी निकायमा उपयोग गर्न कानुनी व्यवस्था गरिने ।
· स्थानीय निकायका लागि १२ अर्ब विनियोजन ।
· चार सय झोलुङ्गे पुल बनाइने ।
· खेलकुद पूर्वाधारमा २१ करोड ।
· लोककल्याणकारी विज्ञापनमा २५ प्रतिशत वृद्धि ।
· एमआरपी पासपोर्टका लागि अनलाइन फारम भर्न सकिने व्यवस्था ।
· अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पाँचवटै विकास क्षेत्रमा पुर्याइने ।
· तलवमा १८ प्रतिशतले वृद्धि । समानरुपमा एकहजारभत्ता ।
कार्यसम्पादनमा थप प्रभावकारी हुने विश्वास । अन्य सुविधाबारे अध्ययनका
लागि विषयविज्ञ सम्मिलित कार्यदल बनाइने ।
· राजश्वमा सामान्य संशोधन ।
· विदेशमा बसेर आउनेले ल्याउने ३० इन्चसम्मको टेलिभिजनको भन्सार छुट ।
· साइकलमा भन्सार शुल्क १ प्रतिशतमात्र ।
· धुलिखेल र थानकोट चेकपोस्ट खारेज ।
· कुल बजेट ५ खर्ब १७ अर्ब २४ करोड ।
· आर्थिक वृद्धिदर ५ प्रतिशत ५ ।
· मुद्रास्फिति ८ प्रतिशतको हाराहारीमा ।
प्रकाशित मिति:२०७० असार ३० ०९:१०

No comments:

Post a Comment