Thursday, June 13, 2013

पाल्पामा वैदेशिक रोजगारीसम्बन्धी विद्यालयमा सचेतना अभियान

३० जेठ, पाल्पा । वैदेशिक रोजगारीमा जाने युवालाई लक्षित गरी सरल र
मर्यादित बनाउन पाल्पाका विद्यालयमा एकहप्ते सचेतना अभियान सञ्चालनमा
ल्याइएको छ ।
उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी बढी मात्रामा विदेश जाने
प्रवृति बढेपछि विद्यार्थीलाई सचेत बनाउनअभियान विद्यालयमा सञ्चालनमा
ल्याइएको हो ।
अभियानअन्तर्गत मिलेनियम उमाविमा भएको कार्यक्रममा युथ एक्सनका कार्यक्रम
संयोजक कृष्ण कार्कीले दैनिक एक हजार ५ सयको हाराहारीमा नेपाली युवा
विदेश जाने गरेको जानकारी दिनुभयो । पत्रकार माधव अर्यालले विदेशमा
जानुभन्दा स्वदेशमै बसेर आय र स्वरोजगारमूलक कार्यक्रम सञ्चालन
गर्नुपर्ने बताउनुभयो ।
जिविसको स्थानीय युवा साझेदारी कार्यक्रमको सहयोग, जनचेतना युवा क्लबको
आयोजना र युथ एक्सन, सुरक्षित वैदेशिक रोजगार सूचना केन्द्रको सहकार्यमा
अभियान सञ्चालन गरेको हो ।
कार्यक्रममा जनचेतना युवा क्लबकासचिव कृष्ण आलेले युवा विद्यार्थी
वैदेशिक रोजगारीमा जानुअघि सचेत हुनसकेमा अन्यलाई समेत यस विषयको ज्ञान
हुने बताउनुभयो ।
अभियानअन्तर्गत वैदेशिक रोजगारीमा जानुपूर्व तयारीको अवस्था, विदेशमा
रहँदा ख्याल गर्नुपर्ने विषय, नेपाल आएपछि आइपर्ने सम्भाव्य, चुनौती र
त्यसका लागि अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी गराइएको छ । रासस

No comments:

Post a Comment