३० जेठ, काठमाडौं । संविधानसभाको दोस्रो निर्वाचन आगामी मंसिर ४ गते हुने
भएको छ । प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको चुनावी सरकार गठन भएको
३ महिनापछि संविधानसभाको निर्वाचनको मिति घोषणा भएको हो ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचनसम्वन्धी अध्यादेश
अनुमोदनका लागि राष्ट्रपतिसमक्ष सिफरिस गर्दै मंसिर ४ गते मंगलबार
निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले सर्वोच्चका पूर्व न्यायाधीश
ताहिर अली अन्सारीको नेतृत्वमा ५ सदस्यीय निर्वाचन क्षेत्र पुनःसंरचना
आयोग समेत गठन गरेको छ । आयोगलाई १ महिनाभित्र प्रतिवेदन पेश गर्न भनिएको
छ ।
सरकारले नेकपा-माओवादीसहितका आन्दोलनरत दलहरुलाई वार्तामा आउन आहृवान
समेत गरेको छ । संघीय लोकतान्त्रिक मोर्चा र संघीय समाजवादी पार्टी
नेपालले अघि सारेको केही माग पूरा भइसकेका छन् भने केही माग पूरा हुने
क्रममारहेको भन्दै सरकारले पूरा हुन नसकेका आ-आˆना केही माग थाति राखी
निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग पुर्याउन अपिल गरेको छ । सरकारले
आफ्ना पूर्वशर्त त्यागी वार्तामा आउन नेकपा-माओवादी तथा माओवादी
नेतृत्वको ३३ दलीय मोर्चालाई आहृवान गरेको छ ।
No comments:
Post a Comment