Monday, September 10, 2012

कोरियामा नेपालसहितका मजदुरहरु फेरि आन्दोलित

सउल । दक्षिण कोरियामा नेपाललगायत विभिन्न देशका श्रमिकहरुले फेरि
आन्दोलित भएका छन् । कम्पनी परिवर्तन सम्वन्धी नयाँ नियम पूर्णरुमा खारेज
नभएको, मजदुरहरुमाथि मालिकको दबाब वढ्दै गएको, मानवअधिकार हनन भएको र
रोजगार अनुमति प्रणाली खारेज गरी मजदुर प्रणाली लागू गर्नुपर्ने माग
राख्दै आन्दोलनमा उत्रिएका मजदुरहरुले माग पूरा नभएको भन्दै पुन:
आन्दोलनलाई सशक्त बनाउँदै लगेका छन् ।
उनीहरुले विभिन्न आन्दोलनको समेत घोषणा गरेका छन् । उनीहरुले मजदुरहरुको
हस्ताक्षर सङ्कलन अभियान सञ्चालन गर्ने , सांसदहरु मार्फत श्रम
मन्त्रालयलाई उक्त नियम खारेजीको लागि दबाब दिन आग्रह गर्ने , भेदभाव
पूर्ण नयाँ नियमको बारेमा सबै प्रवासी मजदुरलाई जानकारी गराउने, श्रम
मन्त्रालयलाई विरोध पत्र वुझाउने तथा विभिन्न सञ्चार माध्यममार्फत विरोध
कार्यक्रमको बारेमा जानकारी गराउने घोषणा गरेका छन् ।
प्रवासी मजदुरहरूको सङ्गठन प्रवासी मजदुर युनियन (एमटियु) र कोरिया
प्रजातान्त्रिक मजदुर महासंघ (केसिटियुको) संयुक्त आयोजनामा हुँदै आएको
उक्त आन्दोलनप्रति कोरियाका कानुन ब्यवसायीहरुले समेत एकेवद्दता जनाएका
छन् । गत साता कोरियाली श्रम मन्त्रालयको भवन पारिसरमा गरिएको विरोध
जुलुस अहिले सम्मकै मजदुरहरूको कडा र सशक्त प्रदरर्शन भएको एमटियुका
कार्यवाहक अध्यक्ष उदय राईले बताए ।
ईपीएसको कम्पनी परिवर्तन सम्बन्धी नयाँ नीतिको पूर्ण खारेजीको विषयलाई
लिएर गत अगष्ट ३१ तारिक शुक्रवार श्रम मन्त्रालयको प्रतिनिधि, एमटियु र
केसिटियुको प्रतिनिधि तथा संसद्को वातावरण तथा श्रम परिषद बिच भएको
छलफलमा आफुहरुले प्रवासी मजदुरहरुका माग जोडदार रूपमा उठाएको राईको भनाई
थियो । उता कोरियाली सरकारले भने कम्पनी परिवर्तनमा दलालहरुको हस्तक्षेप
बढ्दै गएकाले हस्तक्षेपलाई रोक्न हाल उपलब्ध गराउँदै आएको कम्पनीको
नामावली उपलब्ध नगराउने वताउदै आएको छ ।

No comments:

Post a Comment