Wednesday, July 17, 2013

नेपालबाट पहिलोचोटि सिमेन्ट निर्यात

२ साउन, काठमाण्डौं । सिमेन्टमा आत्मनिर्भर उन्मुख बनिरहेका बेला
मुलुकबाट पहिलोचोटी यसको निर्यातसमेत सुरु भएको छ । आरएमसी सिमेन्टले
भारतको सीमावर्ती बजारमा पोर्टल्यान्ड स्ल्याग (पीएससी) सिमेन्ट निर्यात
थालेको हो ।
'हामीले १५/१५ टनेको दुई खेप निर्यात गर्यौं', सञ्चालक विष्णु अग्रवालले
भने, 'थप निर्यातका लागि धमाधम माग आइरहेको छ ।' डेढ बर्षको निरन्तर
प्रयासपछि निर्यात सम्भव भएको उनले बताए । उनका अनुसार भारत निकासीका
लागि त्यहाँको गुणस्तर चिह्न -आईएस मार्क) अनिवार्य हुन्छ । आईएस मार्क
पाएपछि नेपाल सरकारसँग निर्यात इजाजत लिई खरिदकर्ताको खोजी गरिएको उनले
बताए । 'नेपालबाट सिमेन्ट निर्यात गर्छु भन्दा सुरुमा त खरिदकर्ताले
पत्याएनन्,' उनले भने, 'तर उत्पादन इकाई अवलोकन गरेपछि उनीहरु किन्न तयार
भए ।'
अहिले निर्यात मुनाफाका लागि नभई बजार प्रवर्द्धनका लागि भएको सञ्चालक
अग्रवालले बताएको कान्तिपुर दैनिकमा खबर छ । 'हामीलाई घाटा छैन्,' उनले
थपे, 'यसले उद्योगको क्षमता सदुपयोग हुनुका साथै भारतमा ब्रान्ड स्थापित
गर्छ ।' अरु उद्योगले पनि आइएस मार्क लिए विहार र उत्तरप्रदेशको सीमावती
बजारमा यहाँको उत्पादन प्रतिस्पर्धी हुने उनले बताए ।

No comments:

Post a Comment