२९ जेठ, बर्दिवास । अज्ञात समूहले महोत्तरीको गौशाला-८ नवराजपुरमा सहयोगी
विकास बैङ्कको ५० लाख नगद लुटेको छ । बैङ्कको जनकपुरस्थित कार्यालयबाट
गौशाला शाखामा पुर्याउन लागिएको नगद नवराजपुरमा तीन/चार जनाको सङ्ख्यामा
मोटरसाइकल चढेर आएका व्यक्तिले लुटपाट गरेका जिल्ला प्रहरी कार्यालय
महोत्तरीले जनाएको हो ।
जनकपुरबाट ना २ छ २७२२ नम्बरको टाटा जिपमा हाली गौशाला शाखामा नगद
पुर्याइँदै गर्दा दुई किलोमिटर टाढा दिउँसो साढे तीनबजेको समयमा लुटिएको
हो ।एक चालक, एक सुरक्षा गार्ड र नगद बोकेका एक कर्मचारी रहेका गाडीलाई
मोटरसाइकलबाट आएका हतियारधारीले रोकेर नगद लुटपाट गर्दै भागेको बैङ्कका
कर्मचारीलेबताए । रासस
यसमा तपाइको म
No comments:
Post a Comment