Wednesday, June 12, 2013

बाबुको खुकुरी प्रहारबाट घाइतेको उपचारमा समस्या

२९ जेठ, काठमाडौं । निर्दयी बाबुको खुर्पा प्रहारबाट गम्भीर घाईते बनेका
रुकुम नुवाकोट ८ का तीनजना छोराछोरीको शिक्षण अस्पताल काठमाडौं
महाराजगंजमा उपचार भैरहेको छ ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटा र
पत्रकार दीपेन्द्र खड्काको पहलमा मंगलबार रुकुमबाट उद्दार गरेर उनीहरुलाई
राजधानी ल्याईएको हो । 'हिजो विहानै नेकपा एमाले रुकुमका नेता
ठगेन्द्रप्रकाश पुरीले बताएभन्दा उनीहरुले अहिले बढी पीडामा छन्' खड्काले
भन्नुभयो ।
घाइतेमध्ये १४ बर्षीय तुलसी ओलीको बुधबार बिहान अप्रेसनभएको छ । अन्य
दुईको अप्रेसन हुन बाँकी छ । 'हामीसंग औषधी किन्ने आबश्यक रकम नहुँदा
उपचारमा निकै समस्या उत्पन्न भएको छ' खड्काले भन्नुभयो-'परोपकारी देश
बिदेशमा रहनुभएका सबैमा सहयोगका लागि अनुरोध गर्दछौ, सम्पर्कका लागि
९८५१०१७०९१ मा फोन गर्न सकिन्छ ।'

No comments:

Post a Comment