२९ जेठ, काठमाण्डौं। पूर्वाञ्चल भ्रमणमा हरेका पूर्वराजा ज्ञानेन्द्र
शाहमाथि चप्पल फ्याँक्न आफूलाई केही व्यक्तिले उक्साएको बयान पक्राउ
परेका किशोरले प्रहरी समक्ष दिएका छन् । प्रहरी स्रोतका अनुसार १४ बर्षका
ती किशोरलाई पूर्वराजामाथि चप्पल फ्याँक्न ५०रुपैयाँ दिएको र स्थानीय
होटलमा खानाको व्यवस्था गरिएको थियो ।
उमेर सानो भएका कारण प्रहरीले ती किशोरको नाम भने सार्वजनिक गरेको छैन् ।
तर घटनामा संलग्न व्यक्तिको विषयमा जानकारी पाइसकेको प्रहरीले बताएको छ ।
पूर्वाञ्चल भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्रमाथि राजविराजमा सोमबार
ती किशोरले चप्पल फ्याँकेको अन्नपूर्ण पोष्टमा खबर छ ।
No comments:
Post a Comment