१ सय ५८ किलोग्राम चरेससहित कुमार थापा र राजकुमार गिरीलाई प्रहरीले
पक्रेको छ। लागू औंषध नियन्त्रण विभागका अनुसार चरेस ओसार पसार गर्न
यिनीहरुले गाडीको नम्बर प्लेट नै नक्कली बनाउने गरेको पाइएको
नागरिकन्युजकर्मी केपी ढुंगानाले जनाएका छन्।
यिनीहरुलाई बाडभञ्ज्याङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। ना २ ख ८०२९
नम्बरको ट्रकबाट चरेस ओसार्दै गर्दा यिनीहरु पक्राउ परेका हुन्।
प्रहरीले जनाएअनुसार समातिएको ट्रकको नम्बर प्लेट नै नक्कली हो।
अभियुक्तलाई सार्वजनिक गर्दै प्रहरीले जनाएअनुसार ना ३ ख ८३३६ नम्बरको
ट्रकको नम्बर फेरी उनीहरुले लागू औंषध राजधानी भित्र्याउँदै थि।
पक्राउ परेका गिरीलाई प्रहरीले लामो समयदेखि खोजिरहेको थियो। उत्पादकसँग
रहेर गिरीले लागू औषधको कारोबार गर्दै आएको प्रहरी दावी छ। उनीहरुसँग ७५
वटा डल्ला बनाएर राखिएको चरेस फेला परेको लागू औषध नियन्त्रण व्युरोका
डिआइजी केदार साउदले जानकारी दिए। उनले पछिल्लो दुई महिनामा हेरोइनको खपत
घटे पनि मेडिकल ड्रगहरुको खपत बढेकोजानकारी गराए
No comments:
Post a Comment