Friday, June 7, 2013

यसरी भयो पूर्वसभासद्को हत्या

राजविराज, जेष्ठ २४ - विघटित संविधान सभाका पूर्व सभासद् सदरुल मियाँ
हकको हत्या आफ्नै परिवारजनको संलग्नतामा भएको प्रहरी अनुसन्धानबाट
प्रमाणित भएको छ ।
हकको हत्या भएको १८ दिनपछि शुक्रवार राजविराजस्थित अञ्चल प्रहरी
कार्यालयमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज, पूर्व क्षेत्रिय
प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सप्तरीले संयुक्त
रुपमा पत्रकार सम्मेलन आयोजना गरी पूर्व सभासद् हकको हत्या परिवारकै
संलग्नता भएको जनाएका हुन् ।
पूर्व सभासद् हक हत्याको मूख्य योजनाकारहरुमा उनकी माइली छोरी १९ वर्षीया
रुबेदा खातुन र ४५ वर्षीया श्रीमती नुर जहाँ खातुन रहेको प्रहरीको
अनुसन्धानले देखाएको छ । आमा-छोरीको मिलेमतोमा केही अपरिचित ब्यक्तिहरुको
सहयोगले पूर्वसभासद् हकको ५ महिनाको प्रयासपछि हत्या गराउन सफल भएको
पत्रकार सम्मेलनमा केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी दिनेश आचार्यले
बताए।
आमा-छोरी मिलेर हकको हत्या गराउन सिरहाको चतरी गाविस ६ निवासी हाल लहान
नगरपालिका ५ मा बसोवास गर्ने ४० वषिर्य अब्दुल रउफ, सिरहाको भगवानपुर
गमहरियाका एनुल शेख र झारफुक्क गर्ने मौलबी ३७ वर्षीय मोहम्मद जमिरुल
शेखको सहयोग लिएका थिए ।
'करिक एक वर्षअघि हककी जेठी छोरी बिरामी परेको बखत उनलाई झारफुक गर्न
मोहम्मद जमिरुल शेख उनका घर आएका थिए,' प्रहरीको घटना प्रतिवेदनमा भनिएको
छ, 'सोही क्रममा हककी माइली छोरी रुबेदासित जमिरुलको प्रेम भयो र सोही
क्रममा उनीहरुले गतवर्षको फागुनमा लुकाएर रौतहटमा निकाह (विवाह)समेत
गर्‍यो, तर यो जानकारी पाएका बुवा हकलाई मान्य थिएन, उनी यसको विरोधी
थियो, सो विषय र श्रीमती नुर जहाँ खातुनले पनि घरको सम्पत्ती हिनामिना
गर्दै आएको विषयलाई लिएर पटक-पटक घरमा झगडा हुने गर्थ्यौं ।' प्रहरी
प्रतिवेदनका अनुसार आमा-छोरीलाई हक नै बाधक भएकोले जमिरुल लगाएर पाँच
महिनाअघि हत्या गर्न योजना बनाउन सुरु गरेको थियो । हक पत्नीले जमिरुललाई
उपलब्ध गराएको करिब ८० हजार रुपैयाँको सहयोगमा उनले दुई जना (अब्दुल रउफ
र एनुल शेख)लाई योजनामा सहभागी बनायो ।
प्रतिवेदनका अनुसार घटना घटेको १५ दिन अघिबाट नै जमिरुल, अब्दुल र एनुल
हकको घर रहेको कल्याणपुर गाविस आउने जाने काम बढी नै गर्‍यो । सोही
क्रममा जेठ ५ गते नै हकको हत्या गर्ने योजना उनीहरुले बनायो । तर, सफल
हुन सकेन । त्यसपछि जेठ ६ गने घरबाटहक नजिकै रहेको आफ्नै हुमा पेट्रोल
पम्पमा राति १० बजे सुत्न गएको जानकारी माईली छोरी रुबेदाले जमिरुललाई
दिएपछि उनीसहित तीनैजना मोटरसाइकलमा सिधै हक सुतेको पेट्रोल पम्प पुग्यो
र करिब एक घण्टापछि हकको हत्या गरी फरार भयो । पत्रकार सम्मेलनमा घटना
अनुसन्धानबारे जानकारी गराइरहेका केन्द्रीय अनुसन्धान ब्यरोका डीएसपी
दिनेश आचार्यले भने, 'तीनै जनाले हकको हत्या गरेपछि माइली छोरी रुबेदालाई
'काम तमाम' भइसकेको जानकारी पनि दिएछ ।'
घटनापछि फरार भएका तीनै जनालाई ब्यापक खोजीको क्रममा हत्यामा संलग्न
रहेका अब्दुललाई मात्रै प्रहरीले पक्राउ गर्न सकेको छ । हत्या कार्यमा
संलग्न रहेका रुबेदाका ब्वाईफ्रेन्ड जमिरुल र एनुल अहिले पनि फरार छन् ।
हक हत्याको मुख्य योजनाकार निजकी १९ वर्षीया छोरी रुबेदा र अब्दुललाई
बिहीवार प्रहरीले पक्राउ गरेको थियो । उनीहरुकै बयानका आधारमा हक पत्नी
नुर जहाँ खातुनलाई पनि शुक्रवार बिहान पक्राउ गरिएको हो । पत्रकार
सम्मेलनमा तीनै जनालाई प्रहरीले सार्वजनिक गरेको थियो ।
इन्टरनेटको माध्यमले मोबाईल प्रयोगको आधारमा नैहत्यारासमक्ष पुग्न सकेको
सप्तरीका प्रहरी प्रमुख एसपी संजयसिंह बस्नेतले बताए । 'समयमा बत्ती
नआउनु र इन्टरनेट समस्याले टावर सर्च गर्न समस्या भएकाले हत्यारा पक्राउ
गर्न ढिलाई भएको हो', प्रहरी उपरीक्षक बस्नेतले भने, 'हामीसँगै सिआईबीको
टोलीले पनि लगातार १८ दिनसम्म स्थानीय होटेलमा बसेर अनुसन्धान थालेका हो,
फरार रहेका दुई जना पनि छिट्टै पक्राउ पर्नेछ ।' केही सञ्चार माध्यममा
समाचार बिहीवारै आइसकेकाले एक जना अभियुक्त भाग्न सफल भएको उनको भनाई छ ।
यता प्रहरी नियन्त्रणमा रहेकी पूर्व सभासद् हककी पत्नी खातुनले हत्यामा
आफुहरुको संलग्नता नरहेको दाबी गरेकी छिन् । पतिको हत्यामा उनका दुईभाइ र
मामाको संलग्न भएको उनको दाबी छ । 'आफुहरुलाई फँसाइएको छ', उनले भने,
'मेरो देवरहरुले घटनाबारे केही बोल्छ भने छोराको पनि हत्या हुन्छ भनेपछि
डरले कतै केही बोलिन् ।'
पूर्व सभासद् हकको हत्यामा संलग्न रहेकामध्ये पक्राउ परेका तीनै जनालाई
अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको र आवश्यक कारबाही
प्रक्रियासप्तरी प्रहरीले अगाडी बढाईसकेको छ ।source ekantipur.com

No comments:

Post a Comment