Friday, June 7, 2013

पत्‍नीले कुटेपछि पति अदालतमा

पाल्पा- पतिबाट कुटिएको, घर निकाला भएको र सम्पत्तिबाट वञ्चित भएको भन्दै
पत्‍नी न्याय माग्न अदालत पुगेका धेरै उदाहरण छन्। तर पत्‍नीले कुटपिट
गरी घरनिकाला गरेको र अंशसमेत नपाएको भन्दै एक पतिले जिल्ला अदालत
पाल्पामा न्याय पाउँ भनि मुद्दा दायर गरेका छन्। पाल्पा अदालतको इतिहासमा
परेको यो नै पहिलो पुरुष हिंसाकोमुद्दा बनेको छ।
पाल्पा पोखराथोक–८ छतिवनका २९ वर्षीय शंकरकुमार विकले २९ वर्षीया पत्‍नी
सीता कुमारी विकबाट आफू घरेलु हिंसामा परेको भन्दै उजुरी दिएका छन्।
आफूलाई घरमा बस्न नदिइ घर तेरो हैन तँ बस्न पाउँदैनस् भनि कुटपिट गरी घर
निकाला गरेको उजुरीमा उल्लेख छ। 'पत्‍नीले तँसँग सम्बन्ध विच्छेद गर्न
तयार छु भनि बारम्बार कुटपिटगरी मेरै घरबाट निकाला गरेकोले म
अन्यायमापरेँ' उजुरीमा लेखिएको छ। घरमा बस्न नदिएपछि बेघर हुनुपरेको
भन्दै विकले न्याय मागेका छन्। ८ वर्षसम्म दाम्पत्य जीवन बिताएका शंकर र
सीताको जोडी ५ वर्षे छोरी स्तुतीसहित जिल्ला अदालत पाल्पामा वादी र
प्रतिवादी भएर धाउँदै आएका छन्।
बुटवल नगरपालिका–६ आदर्शनगरमा रहेको करिब२० लाख पर्ने घर सीताको नाममा छ।
घर किन्नलाई विदेशबाट पैसा पठाएको र पत्‍नीकै नाममा गर्न आफूले स्विकृति
दिएको शंकरको दाबी छ। भारत र दुबईबाट पत्‍नीलाई पैसा पठाएका कागजात
देखाउँदै उनले नागरिकसँग भने, 'यसरी पैसा पठाएँ, आज यस्तो धोका पाएँ।'
उनले थपे 'सम्पत्तिमा मेरो नाम नराखेपनि छोरीको नाम राख्‍नसमेत उनी सहमत
छैनन्।' उनी भन्छन्, 'मेरै घरमा जाँदा माइती पक्षका सबै मिलेर मलाई धैर
पटक कुटपिट गरेर लखेटे।'http://nagariknews.com/main-story/story/2482

No comments:

Post a Comment