Saturday, June 8, 2013

मलेसियामा दुई नेपालीलाई आजीवन जेल

२५ जेठ, काठमाण्डौं । मलेसियाको उच्च न्यायलयले दुई नेपालीसहित तीन
जनालाई आजीवन काराबासको सजाय सुनाएको छ । दुई बर्षअघि एक सुरक्षा
कम्पनीको प्रमुख कार्यकारी अधिकृतको अपहरण गरी फिरौती लिएको घटनामा दोषी
ठहर गर्दै अदालतले शुक्रबार यो सजाय सुनाएको हो । सजाय पाउने तेस्रो
व्यक्ति भने मलेसियाली हुन् ।
आरोपी तीनै जनाले अपहरण गरी १० किलो सुन फिरौती लिएको अदालतमा
स्वीकारेपछि सिलनगोर राज्यले राजधानी शाह आलमको उच्च न्यायालयले फैसला
सुनाएको नागरिक दैनिकमा खबर छ । आजीवन काराबासको सजाय पाउने दुई नेपालीमा
३२ बर्षे आर रोसन र ३० बर्षका टिजे रमेश छन् । दुवै निर्माण मजदुरका
रुपमा मलेसिया गएका थिए । सजाय पाउने मलेसियाका नागरिक सी रुद्र भने हवाई
परिचारक हुने ।
'अपहरण हुँदा पीडित घाइते भएका छैनन् । फिरौतीस्वरुप लिइएको सुन फिर्ता
भइसकेको छ, जुन पीडित पक्षलाई प्राप्त भइसक्यो,' दोषीलाई मृत्युदण्डको
सजाय नदिइ आजीवन कारबास सुनाउनुकोकारण न्यायाधीश अब्दुल अली अब्दुल्लाहले
फैसलामा खुलाएका छन् । पीडित पक्षले मुद्दा दायर गर्दा तीनै जनालाई
मृत्यु दण्डको माग गरेका थिए ।

No comments:

Post a Comment