Thursday, May 9, 2013

साउदीमा कोठामा थुनेर दुई वर्षसम्म यौन शोषण

२६ वैशाख, काठमाण्डौं । कञ्चनपुरकी एक युवती सुन्दा पनि कहालिलाग्दो
घटनाको सिकार भएकी छन् । राम्रो जागिर लगाइदिने प्रलोभनमा साउदी अरब
पुर्‍याइएकी ती युवती दुई बर्षसम्म घरमालिक र उनका पाहुनाको यौन शोषणको
सिकार भएकी हुन् ।
आफूलाई ललाईफकाई अबैध तरिकाले विदेश लग्ने बाँकेका तीन जना विरुद्ध
पीडितका तर्फबाट उनकी बहिनीले मंगलबार जिल्ला अदालतमा 'मानव बेचविखन तथा
ओसारपसार' मुद्दा दर्ता गरेकी छन् । प्रहरीले आरोपित मध्येका एक रझेना ७
का देवी सुनारलाई पक्राउ गरेको छ । बेतनी २ का अमिर उल्ला खाँ र अलि
उल्ला खाँ फरार छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरक्षिक
भूपाल कुमार भण्डारीले सुनारलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको
बताए ।
राजदूतावास, साउदीमा कार्यरत नेपाली तथा विभिन्न सामाजिक संघसंस्थाको
पहलमा गत साता स्वदेश पर्किएकी परासन ७, धनसिंहाकी ती १८ बर्षकी युवतीले
घरेलु कामदारका रुपमा गैरकानुनी तरिकाले भारतको मुम्बई हुँदै त्यहाँ
पुर्‍याइएदेखि उद्धार नहुन्जेलसम्म यौन शोषणको सिकारभएको बताएको खबर
कान्तिपुर दैनिकले छापेको छ । 'दिउँसो घर मालिकले कोठामा थुनेर
बाहिरबाटचाबी लगाउँथे,' बयानमा उनले भनेकी छन् 'राति ती अरबी मालिक र
उनका पाहुना पासविक तरिकाले जबर्जस्ती इज्जत लुट्थे ।'

No comments:

Post a Comment