Thursday, May 9, 2013

एसएमएस भौचरबाटै खाद्य सामाग्री किन्न पाइने

२६ वैशाख, काठमाण्डौं । कालिमाटी तरकारी बजार छेउकै सम्पूर्ण खाद्य
स्टोरमा बुधबारबिहान अन्य दिनको भन्दा छुट्टै माहोल थियो । सामान्य
तयरकाले खुद्रा व्यापार गर्दै आएका स्टोरका सम्पूर्ण मानन्धरले छुट्टै
अनुभव गरिरहेका थिए । उनको पसलमा एसएमएस भौचर प्राप्त गर्ने र खरिद
गर्नेको भीड थियो ।
खाद्यान्न किन्न आएका ग्राहकहरुले पनि नयाँ प्रविधिका बारेमा जानकारी लिन
र त्यहीबाट सेवा लिने रहरले गर्दा पसलमा भीड निक्कै बढी थियो ।
मानन्धरलाई एसएमएस देखाएर आवश्यक सामान खरिद गर्न पाउँदा आफूलाई धेरै
खुसी लागेको ग्राह रोश्नी साहीले बताएको नागरिक दैनिकले छापेको छ ।
मर्सिकोर नेपालले विपत पर्दा पीडितलाई छिटोछरितो र सजिलो तरिकाले राहत
पुर्‍याउन प्रविधि परीक्षणका लागि उपत्यकाका ६ वटा खाद्यान्न पसल र सय घर
परिवारलाई छनोट गरेको व्यवस्थापक अनिल नेपालले बताए । यस अन्तर्गत एसएमएस
प्रविधिको माध्यमबाट विपन्न परिवारलाई राहत वितरण परीक्षण अध्ययन गरिनेछ

No comments:

Post a Comment