Sunday, January 27, 2013

अफगानिस्तानमा १५ हजार नेपालीको रोजगार गुम्दै

१४ माघ, काठमाण्डौं । अफगानिस्तानस्थित अमेरिकीसेनाका सहयोगी क्याम्पमा
कार्यरत १५ हजारभन्दा बढी नेपाली कामदारको रोजगार गुम्ने अवस्थामा पुगेको
छ ।
अमेरिकी सेनाले २०१४ को अन्त्यसम्ममा अफगानिस्तानछाड्ने घोषणा गरेकाले
उनीहरुका सहयोगीको रुपमा कार्यरत नेपालीको रोजगार गुम्ने भएको हो । यस
विष्यामा क्याम्प व्यवस्थापनले नेपाली कामदारलाई जानकारी गराईसकेको
कान्तिपुर दैनिकमा खबर छ ।
अमेरिकी सेनाले अपि्रलबाट छाड्न सुरु गर्नेछ । 'यही अपि्रल हामीले सहयोग
गर्ने सेना र्फकने भएकाले हाम्रो वेस क्याम्प पनि बन्द हुने सूचना दिएको
छ,' एक कम्पनीको प्रशासन फाँटमा कार्यरत नेपाली कामदार रामचन्द्र
रानाभाटले भने, 'घर र्फकनका लागि तयारी अवस्थामा बस्न निर्देशन दिइसकेको
छ ।'
रोजगारी गुम्ने भएपछि निक्कै जोखिम मोलेर अफगानिस्तान पुगेका नेपालीहरु
अहिले चिन्तित भएका छन् । अफगानिस्तानमा रहेको अमेरिकी सेनाका ८३ वटा
क्याम्पमा १५ हजार नेपाली कार्यरत रहेका छन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete