Monday, May 20, 2013

सम्पत्ति शुद्धीकरण मुद्दामा साढे २१ करोड असुली

६ जेठ, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा
दायर गरेको मुद्दामा हालसम्म करिब साढे २१ करोड रुपैयाँ जफत भएको छ ।
पौने ११ करोड अवैध सम्पत्ति जफत भएको छ भने त्यति नै रकम उनीहरुबाट
जरिवाना असुली गरिएको छ । अवैध सम्पत्ति शुद्धीकरण गरेको तथा आतंककारी
कार्यमा वित्तीय लगानी गरेको विषयमा अनुसन्धान गर्ने उदेश्यले दुई
वर्षअघि स्थापना भएको यस विभागले हालसम्म २४ मुद्दा दायर गरेकोमा १०
मुद्दामा फैसला भई १० करोड ७९ लाख रुपैयाँ जफत भएको हो ।
सबै फैसला विभागको पक्षमा भएका छन् । श्याम मार्डीको फैसलामा उनले सफाइ
पाए पनि उनको बिगो र जरिवाना अर्काे अभियुक्तबाट असुल गरिएको छ । हालसम्म
फैसला भएकोमा प्रदीपकुमार रस्तोगीबाट २ करोड ३२ लाख, फुर्निमा शेर्पाबाट
४९ लाख, सुनिल जैसवाल र श्रवणकुमार शाहबाट संयुक्त रुपमा २८ लाख ४० हजार,
शान्ति तामाङबाट २७ लाख, धर्मवीर पासवानबाट २० लाख ५०हजार र मनबहादुर
घलेबाट ३ लाख रुपैयाँ जफत भएको छ । यस्तै चिनियाँ नागरिकहरु वि लिज्याङ र
लिउ जिन लिनबाट क्रमशः ६ करोड ७४ लाख ५० हजार र २२ लाख रुपैयाँ जफत भएको
छ । निजहरुलाई त्यत्ति नै रकम जरिवाना गरिएको छ ।
आइतबार दायर भएका पाँच डनविरुद्धका सहित १४ वटा मुद्दा विशेष अदालतमा
विचाराधीन रहेका छन् । यी पाँच मुद्दामा मात्रै ६४ करोड रुपैयाँ अवैध
सम्पत्ति जफत गर्न र सोबराबर जरिवाना गर्न माग गरिएको छ । हालसम्म
विभागले दायर गरेको मुद्दामा सबै अभियुक्त हारेको आधारमा यी मुद्दामा पनि
डनहरुलाई कारबाही हुने अनुमान गर्न सकिन्छ । बाँकी ९ मुद्दामा २३ करोड ५७
लाख बिगो कायम गरिएको छ । विचाराधीन मुद्दामा विभागको पक्षमा फैसला भएमा
बिगो र जरिवाना गरी थप १ अर्ब ७४ करोड रुपैयाँ असुली हुनेछ ।

No comments:

Post a Comment