Saturday, May 12, 2012

कोरियामा धरपकड, नेपालीमा त्रास

सोल, कोरिया– ३० वैशाख ।
कोरियन सरकारले अवैधानिक रूपमा बसोबास गरिहेका विदेशीलाई खोजी र धरपकड गर्ने कार्य त्तीब्र बानाएको छ ।सरकारले अवैधानिक रूपमा काम गर्ने विदेशी कामदारको सङ्ख्या उल्लेख्यनिय रूपमा बढेको जनाउदै उनीको खोजी र प्रक्राउ कार्य व्यापक बनाउनाएको कोरिया अध्यागमन सेवा विभागलेजनाएको छ ।
सन २०१० मा २१ प्रतिशतको हाराहारीमा रहेका अवैध कामदारको सङ्ख्या बढेर २९ प्रतिशत पुगेपछि अध्यागमनले कडा नीति अवलम्बन गर्ने भएको हो ।कोरियामा प्रशिक्षार्थी कामदारका रूपमा प्रवेश गरेका नेपाल सहित अन्य केही देशका लगभग ७० हजार कामदारको रोजगार सम्झौता केही महिना अघिमात्र सकिएको थियो ।उनीहरू अधिकाशं अवैध रूपमा बसेको अध्यागमन बिभागको ठहर छ ।
अध्यागमन विभागले नियमित रूपमा खोजी कार्य गरिरहेको भएपनि अब भने देशब्यापी रूपमा अभियान चलाउने भएको गत साता प्रकाशित कोरियाको अग्रेजी राष्ट्रिय दैनिक कोरिया हेराण्डले छापेको थियो । समाचारमा अध्यागमन बिभागले सन् २०११ को अन्त्य सम्ममा अवैध कामदारको सङ्ख्या १ लाख ६७ हजारभन्दा बढी पुगेको जनाईएको छ ।अध्यागमन अधिकारीले २९ प्रतिशतमा पुगेको अवैधानिक कामदारको सङ्ख्या यो वर्षको अन्त्यसम्ममा २० प्रतिशतभन्दा कम गर्ने लक्ष्य लिएको छ । सो लक्ष्य प्राप्त गर्न अध्यागमनले १५ हजार भन्दा बढी कामदारलाई सन २०१२ भित्र देश निकाला गर्नुपर्ने समाचारमा उल्लेख गरिएको छ ।
अध्यागमन कार्यालयले अवैध कामदारको बृद्विले कोरियाको स्थानीय श्रम बजार र ईपिएस प्रणाली मार्फत आएका कामदारलाई गम्भीर असर पुग्ने जनाउदै कार्वाई कडा गरिएको जनाएको छ ।
यसरि भएको धर पकडमा अवैध रूपमा बस्दैआएका नेपालीहरू पनि पर्ने गरेका छन् । एक वर्ष यतामात्र तिन सयको सङ्ख्यामा अवैध नेपाली कामदार पक्राउ परेको कोरियामा कृयाशील नेपाली सस्थाहरुले जनाएका छन् । यसमा चालिस महिला रहेका छन् । पक्राउ पर्नेहरू काम र अन्य सिलसिलामा कोरिया प्रवेश गरेका हुन् भने अधिकांश महिलाहरु वैवाहिक भिसामा कोरिया प्रवेश गरेर अवैध भएका हुन् । यसैगरी पहिलानै कोरिया आई नेपाल फर्किएर फर्जि राहादानि बानाई पुन कोरिया प्रवेश गरेकाहरु पनि पक्राउ पर्ने गरेका छन् ।
नेपालिदुतावाश कोरियाले दिएको जानकारी अनुसार करिब दुई हजारको सङ्ख्यामा नेपालीहरू कोरियामा अवैध रूपमा बसोबास गर्दै आएका छन् । यो सङ्ख्या रोजगार अनुमति प्रणाली लागू भएयता क्रमिक रूपमा बढ्दै गएको छ ।
कोरियामा वैधानिक बस्ने कानुनी आधारहरु प्रस्शतहुदाहुदै अवैधानिक बस्ता देशको छवि बिग्रने राजदूत कमान सिह लामाले बताउनु भएको छ । यसले आगमिदिनमा कोरियामा नेपाली रोजगारलाई असर पार्ने लामाको धारणा थियो ।
तपाईंको प्रतिक्रिया

No comments:

Post a Comment