२१ असोज,सर्लाही ।सर्लाहीमा विद्यालय व्यवस्थापन समितिको चुनावको मतगणना
गर्ने क्रममा झडप भएको छ। गएराति भएको झडपमा पाँच प्रहरीसहित १८ जना
घाइते भएका छन् । विद्यालय व्यवस्थापन समितिको चुनावको मतगणना गर्ने
समयमा गएराति सर्लाहीको पिपरियामा प्रहरी र स्थानियबासीबीच झडप भएको हो ।
घटनामा परेर घाइते भएकाहरुको सदरमुकाम मलंगवामा उपचार भईरहेको प्रहरीले
जनाएको छ । पिपरिया ७ स्थित बाल गोविन्द माध्यमिक विद्यालयको व्यवस्थापन
समितिको चुनावको मत परिणम गणना गर्ने समय बदर मतको बारेमा दुई पक्षबीच
विवाद हुदा झडप भएको हो । मत पेटिका अहिले प्रहरीको नियन्त्रणमा रहेको छ
।
No comments:
Post a Comment