६ जेठ, क्वालालम्पुर । सन् १९९३ सालतिर नेपालबाट विदेश काम गर्न जाने
चलन खासै थिएन । त्यसबेला विदेश जानेहरुको छुट्टै मान र सान हुन्थ्यो ।
विदेश गएकाहरु काँधमाथि रेडियोघन्काउँदै भरिया लिएर फर्किंदागाउँकै रौनक
फेरिन्थ्यो । गाउँमा रेडियो, क्यासेट उनैका घरमा हुन्थे । बिजुली नभए पनि
बेट्रीबाटै क्यासेट घन्काएर सिंगै गाउँ थर्काउँथे उनीहरु । पाँचथरको
सराङडाँडा-७ निगालेमा जन्मेका ५७ वर्षीय लछीहाङ शेर्मा (लिम्बू) पनि
त्यही समय मलेसिया छिरेका हुन् ।गाउँका अलि टाठाबाठामै पर्थे लछीहाङ ।
नाच्न गाउन भनेपछि निक्कै खप्पिस । गाउँमा धान नाचेरै उनले कान्छी
श्रीमतीसमेत भित्र्याए । जेठीबाट एक छोरा र एक छोरी, कान्छीबाट तीन छोरा
र एक छोरीको जन्म भएपछि उनलाई ९ जनाको परिवार पाल्न धौधौ भयो ।
विदेशबाट लाहुरेहरु गाउँमा आएको देखेपछि लछीहाङले पनि विदेश जाने योजना
बनाए । जेठी श्रीमतीलाई घरमा राखेर कान्छीलाई पाचँथरको सदरमुकाममा
सामान्य भट्टी खोलिदिएर उनी मेनपावर कार्यालयधाउन थाले । त्यतिबेला
मेनपावर कम्पनीहरु आजकोजस्तो वर्षामा च्याउ उमि्रएको जस्तो भेटिँदेनथे ।
जेनतेन एकजना एजेण्ट भेटाए लछीरामले । त्यसपछि उनी साउदी जाने तरखर गर्न
थाले ।
नगद ८० हजार दिने भए पठाउँछु, नत्र सक्दिँन भनेर ऐजेन्टले जिद्दी गरेपछि
खोजखाज गरेर ८० हजार बुझाएरै लछीराम साउदी जान तयार भए । त्यसपछि उनी
दुबै श्रीमतीलाई सम्झाएर घर व्यवहारमिलेर चलाउनु भन्दै पैसा कमाउन
साउदीतिर लागे ।तर, बिचरा लछीरामलाई एजेण्टले उनलाई साउदी नलगी
थाइलैण्डमा पुर्याएर छाडिदियो । एजेन्टले जाने भए मलेसिया जाउ, नत्र भने
म केही गर्न सक्दिँन भनेपछि उनी एक दिन एक रात पानीजहाजमा बसेर मलेसिया
पुगे ।
लछीरामले ठ्याए मलेसियाको टावर
लखरतरान भएको ज्यानलाई मलेसियाको इपोमा पुर्याएर काममा लगाइदिएपछि एजेण्ट
कहाँ गयो, थाहा भएन । इपोमा उनले दुई महिनाजति काम गरे । त्यतिवेला उनले
१२ घण्टा काम गरे वापत ७ रिंगेट पाउँथे । इपो पुगेको दुई महिनापछि उनी
क्वालालाम्पुरतिर लागे । उनका अनुसार त्यतिबेला क्वालाम्पुरमा अहिलेको
केएलसीसी टावर बन्ने सुरसार भर्खर हुँदै थियो । उनले त्यसको जग हाल्ने
बेलामा करीब ६ महिना जति काम गरे । तर, त्यो काम पनि ठीक नलागेपछि उनी
बातुकेभतिर हान्निए । तर, एक वर्ष बातुकेभमाकाम गर्दा उनले एक पैसा पनि
पाएनन् । उल्टै पैसा माग्दा उनलाई थर्काएर पुलिस लागाइदिनेधम्की दिइयो ।
त्यसपछि लछीरामलाई त्यो ठाउँ छाडेर मलक्का, केएल, जोहोर पेनाङ, मुहार,
मलक्का बातुपहात, या भनौंमलेसियाका विभिन्न ठाउँहरु चाहार्दा चाहार्दै २०
वर्ष बितेको पत्तै भएन ।
भेटिँदैनथे मलेसियामा नेपाली
लछीरामका अनुसार त्यतिबेला मलेसियामा आजजस्तो छ्यापछ्यापी नेपालीहरु
थिएनन् । नेपाली भेट हुँदा गाउँमै भेटेको जस्तो हुन्थ्यो । पूर्व
मेचीदेखि पश्चिम महाकालीसम्मका जो भेटिए पनि बेलीविस्तार हुन्थ्यो ।
लछीरामले मलेसिया छिरेको तीन वर्षपछि मात्रै एक/दुईजना नेपाली भेटाएका
थिए । आजको जस्तो त्योबेलामा न कुनै नेपाली पत्रपत्रिका नै हेर्न
पाइन्थ्यो । दुतावास खुलेकै थिएन । घरमा फोन गर्न मोबाइल पनिथिएन ।
सामान्य कामदारका लागि त्यो पहुँच थिएन । उनलाई बेलाबेलामा प्रहरीले पनि
समायोतर मले भाषा जानेको र अनुहार पनिमले र चाइनिजकै जस्तो भएका कारण
उनलाई उम्किन कुनै अप्ठेरो भएन ।
पत्राचार भयो, कमाइ भएन
घरबाट हिँडेको केही वर्षसम्म उनले चिठीपत्र आदान-प्रदान गर्ने गरेका थिए
। तर, परिवारले बारम्बार पैसा माग्ने तर उनीसँग सुको दाम नहुने भएपछि
उनले घर परिवारलाई सम्पर्क नै गर्न छाडिदिए । जति काम गरे पनि उनले पैसा
बचाउन सकेनन् । मलेसियाको २० वर्षे बसाइमा करीव पाँच वर्ष त काम गरेको
ठाउँबाट पैसा नै पाएनन् उनले ।दुईवटा श्रीमती र ६ जना छोराछोरी बाबु
लछीहाङलाई घर परिवारको याद नआउने पनि होइन । तर, याद आएर मात्रै के गर्नु
घर र्फकनु पनि कसरी ? जे सपना साँचेर आएका थिए, त्यो सपना थोरैमात्रामा
पनि पूरा नभएपछि उनलाई घर र्फकनै मन लागेको छैन ।लछिरामको हिसाबमा उनले
मलेसियाको २० वर्षे बसाइमा जेनतेन पाँच लाख रुपैयाजति घर परिवारलाई
पठाएका छन् ।
मलेसियै पुगिन् कान्छी
नेपालमा सँगै बाँच्ने र सँगै मर्ने बाचा कसम खाएर विवाह गरेका दुई
श्रीमतीहरु बूढी भैसकेका छन् । आफ्ना श्रीमान मलेसियामा छन् भन्ने थाहा
पाएका दुबै श्रीमती र छोराछोरीहरुले बाबा कहिले आउलान् भनेर प्रतिक्षा
गरिरहेका छन् । तर, लछिहाङको विदेशबाट र्फकने कुनै टुंगो छैन । आफ्ना
बुढा नर्फकने जस्तो ठानेपछि उनलाई लिनकै लागि भनेर केही समय अगाडिमात्रै
कान्छी श्रीमती शोभाहाङ शेर्मा मलेसिया समेत पुगिन् । साथीभाइ र
इष्टमित्रको सहयोगले उनीहरुवीचमा भेट भयो । जवानीमै छुट्टएिका उनीहरु २०
वर्षपछि भेट हुँदा पहिला त एकछिन अलमलिए । जब उनीहरुले जवानीको सम्झना
गरे, त्यसपछि खुसीका आँसु चुहिए ।
पैसा नकमाए पनि श्रीमानलाई देख्न र भेट्न पाउन शोभाहाङ खुशी भइन् ।
लछिहाङ पनि रमाए । अहिले मलेसियामा शोभाहाङ आफ्नाश्रीमान्को निकै स्याहार
सुसारगरिरहेकी छन् । खानपिनको पनि उत्तिकै ख्याल गर्छिन् । दुबैजना
यतिबेला वातुपहातमा रहेको 'हाम्रो रेष्टुरेन्ट'मा बसेर खुशी साटासाट
गरिरहेका छन् । फुर्सद हुनासाथ दुबैजना बाहिर घुम्न निस्कने गरेका छन् ।
तर, शोभाहाङलाई आफूले पाएको योखुशी छोराछोरी र घरपरिवारसँग साट्ने तीव्र
इच्छा छ । आउने दशैंमा नेपाल र्फकने तयारी गरिरहेका उनीहरुले घर लैजाने
सामान किन्न थालिसकेका छन् ।
परिवार छताछुल्ल
उता नेपालमा २० वर्षपहिले अलपत्र छाडिएका लछिहाङका छोराछोरीहरु कोही
विदेशमा छन भने कोही नेपालमै बसेर पढिरहेका छन् । विदेशमा लामो समय बस्दा
धेरै चिज गुमाएकोमा लछिरामलाई अहिले पछुतो छ । बरु नेपालमै केही गरेको भए
उन्नति हुन्थ्यो जस्तो उनलाई लागेको छ । तर, कान्छी श्रीमतीलाई भेटेपछि
यतिबेला भने लछीहाङको अनुहारमा निकै खुसी छाएको छ । 'अब त घरै जाने हो,
कान्छी नै लिन आइन् अब किन नजाने ! ' ठट्यौली पारामा उनले आफैं थपे- 'दुई
स्वास्नीको पोइ, बीस वर्षसम्म खै भन्न थालिसकेहोला घरका मान्छेले ।source
onlinekhabar.com'
No comments:
Post a Comment