Wednesday, May 30, 2012

राष्ट्रपतिले प्रधानमन्त्रीलाई पदमुक्त गरिसके: महत

काठमाडौं, जेष्ठ १७ - कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले राष्ट्रपति रामवरण यादवले प्रधानमन्त्री बाबुराम भट्टराईलाई पदमुक्त गरिसकेको दाबी गरेका छन् । उनले राष्ट्रपतिको पछिल्लो बक्तव्यबाट प्रधानमन्त्रीको कदम असंबैधानिक प्रमाणित भएको ठोकुवा गरे ।
राष्ट्रपतिको कदमको स्वागत गर्दै महतले मुलुककोनिकास राष्ट्रिय सहमतिबाट मात्र सम्भव रहेको बताए । 'निकास सहमतिको राजनीति हो,' रिपोर्टर्स क्लवमा बुधबार उनले भने, 'सहमतिको सरकार गठन हो ।'
उनले असंबैधानिक सरकारले घोषण गरेको निर्वाचनमाआफूहरु जाने नसक्ने भन्दै सत्तामा बसेर निर्वाचन गर्न पाए सत्ता कब्जा गर्न सकिन्छ भन्ने दुरासायले निर्वाचन घोषणा गरेको आरोप लगाए । अब फेरि संविधानसभाको निर्वाचन हुनै नसक्ने ठोकुवा गर्दै उनले सानो आकारको प्रत्यक्ष निर्वाचित संसदमा हुनेगरी संसदको निर्वाचन गर्नु पर्ने बताए ।
प्रधानमन्त्री प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले राष्ट्रपतिले सहमतिको सरकार गठनको लागि दलहरुलाई आहृवान गर्न सक्ने स्पष्ट पारेका छन् ।
पौडेलले राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८ को उपधारा ७ को ख बमोजिम प्रधानमन्त्री भट्टराई संसद सदस्य नरहेकोले उनले नेतृत्व गर्नु भएको सरकार कामचलाउ भएको भनि स्मरण गराएको उल्लेख गर्दै त्यसलाई स्वभाविक रुपमा लिनु पर्ने बताए ।
एमाले सचिव युवराज ज्ञवालीले माओवादी सरकार र संविधानमध्ये सरकार टिकाइरहने निष्कर्षमा पुगेकोले संविधानसभा विघटन गरेको दाबी गदै संविधानसभाको विघठन अचानक नभई पूर्व योजना अनुसार नै गरिएको आरोप लगाए ।
सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बर्तमान सरकार कामचलाउ नै भएको भन्दै राष्ट्रपतिले त्यस विषयमा बोल्न आवश्यक नभएको बताए ।
प्रकाशित मिति: २०६९ जेष्ठ १७ ०५:२०

No comments:

Post a Comment