Monday, May 20, 2013

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १ घण्टा बन्द

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज केही समय बन्द भई
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ। आज भएको वर्षाका
कारण मौसममा प्रतिकुल असर आएपछि सो विमानस्थल दिउँसो ११ देखि १२ बजेसम्म
करिब १ घन्टा बन्द गर्न परेको हो। विमानस्थल बन्द भएपछि राष्ट्रिय तथा
अन्तर्राष्ट्रिय उडान भर्ने विमानले उडान भर्न तथा अवतरण गर्न सकेनन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गत आन्तरिक विमानस्थलका
प्रबन्धक पूर्ण चुडालले दिउँसो केही समय भएको असामान्य वर्षाले गर्दा
एकाएक मौसम खराब भई सोसमयमा विमानस्थल नै बन्द गर्न परेको बताए। उनले
सामान्य वर्षामा उडान प्रभावित नहुने भए पनि ठूलो वर्षा तथा खराब मौसममा
उडान भर्न प्राविधिक कठिनाइ हुने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
उडान प्रभावित भएको जानकारी दिए।
सो विमानस्थलबाट राष्ट्रिय उडान तथा अवतरण दैनिक २४० र अन्तर्राष्ट्रिय
उडान तथा अवतरण ७० वटा हुने गर्दछ। त्यसैगरी पर्वतीय उडान पनिआज प्रभावित
हुन पुगेको छ। दैनिक २५ वटासम्म हुने सो क्षेत्रको उडान आज आठवटा मात्र
भएको विमानस्थलले जनाएको छ। रासस

No comments:

Post a Comment